पोखरा विजयपुरमा बनेको नयाँ पुलले पनि नधान्ने भएपछि चिनिया कम्पनीले फेरी बनायो डाइभर्सन पुल

दीननाथ बराल, पोखरा न्यूज – ११, साउन । पोखरा विजयपुर खोलामा हालै निर्माण भएको नयाँ पुल (बेलीब्रिज) ले पनि पोखरा विमानस्थलको निर्माण सामाग्रि बोक्ने गाडीहरु चल्न नपाउने भए पछि चिनिया कम्पनीले पुनः एकै दिन (शनिबार) मै डाइभर्सन पुल बनाएको छ ।

बर्खायामको समयमा पटक/पटक अस्थायी डाइभर्सन पुल बनाउन जुट्दै आएको चिनिया कम्पनीले पोखराको विजयुर खोलामा बेलीब्रिज निर्माण पछि पोखरा विमानस्थलको निर्माण सामाग्री ओसार पोसार गर्ने आशा गरे पनि बेलीब्रिजले आफ्ना सवारी साधनहरुको प्रयोग हुन नपाउने भए पछि पुनः डाइभर्सन पुल निर्माण गरेको हो ।

पोखराको विजयपुर खोलामा हालै निर्माण भएको बेलीब्रिज (पुल) मा ३५ टन भारवान क्षमताका मालबहाक सवारी साधन संचालनमा रोक लगाएसंगै यसबाट पोखरामा निर्माण हुँदै गरेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनालाई प्रत्यक्ष असर पर्ने भएकोले विकल्पमा डाइभर्सन पुल निर्माण गरिएको चाईनिज सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए ।

मोटरेबल पुल जोखिमका कारण त्यसको विकल्पमा हाल बेलीब्रिज निर्माण भए पनि त्यसबाट समेत पोखरामा निर्माण हुदै गरेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनालाई खासै उपयोग नहुने भएको उनले गुनासो गरे । मोटरेबल पुलमा १० टन भारवान क्षमता भन्दा कम र शनिबारदेखि संचालमना आएको बेलीब्रिजको ३५ टन सम्मको भारवान क्षमताको पुल निर्माणले आफुहरुलाई खासै उपयोग नहुने भएको जनसम्पर्क अधिकृत चापागाईले गुनासो गरे ।

उनले भने “बेलीब्रिज निर्माण भए पछि कम्तिमा ५० टन क्षमताका सवारी साधनहरु संचालन होला भनेको त ३५ टन मात्र भारवान क्षमता भएको सवारी साधनलाई संचालनको अनुमति रैछ तर यसले हामीलाई खासै कुनै अर्थ राखेन हाम्रा मालवाकह सवारी साधनहरु ४०/५० टन भारवान क्षेमताका रहेकाछन्।

”सामान्यतया सिमेन्ट बोकेका गाडी बाहेक अन्य सवारी साधनहरु उक्त पुलबाट आउन नपाउने भएको उनले जनाए । उनले भने “हामीले तोकिएको मिति भन्दा अघि नै आयोजना सम्पन्न गर्ने लक्ष्यमा लागि रहदा यस्ता समस्या आएमा असर पर्न सक्छ, टर्मिनल भवनको लागि प्रयोग हुने ठुला फलाम तथा स्टीलका पाइप तथा डण्डीहरुको तौल धेरै हुने गर्छ, । ” शिल प्याक भएको तथा एउटै सामान ३५ टन भन्दा बढी भएको अवस्थामा आफुहरुले बेलीब्रिजको प्रयोग गर्न नसकिने भएको उनले जनाए ।

सडक डिभिजन कार्यालयको स्काभेटर पुल निर्माणमा प्रयोग भएको छ भने चाइना कम्पनीले पोखरा विमानस्थलबाटै माटो तथा ढुंगा ल्याएको छ । अघिल्लो आइतबार २४ घण्टा वित्न नपाउदै अस्थायी डाइभर्सन पुल पानीको वहावले बगाए पछि सबैको ध्यान बेलीब्रिज पुल निर्माणमा केन्द्रित भएको थियो ।

बेलीब्रिजमा सडक डिभिजन सहितको टोलीले केही दिन पछि मात्र ३५ टन भारवान क्षमताको मालसामान ओसार पोसार गर्न मिल्ने जानकारी गराए पछि चाइना कम्पनीले आफुहरुको लागि भए पनि डाइभर्सन पुल बनाउन कसिएको हो । चाइना कम्पनीका केही दिनमा २० वटा भन्दा बढी ४० टन भारवान क्षमताका मालवाहक सामान पोखरा भित्रिने भएको कम्पनीले जनाएको छ ।

यसैबिच, पोखराको विजयपुर खोलामा ढिलै भए पनि अन्ततः शनिबार देखि डाइभर्सन पुल केही समय संचालन गरे पनि बेलुका डाइभर्सन पुल चाइना कम्पनीले निर्माण गरेसंगै बेलीब्रिज संचालनमा रोक लगाईएको छ । पुलको पुर्व तथा पश्चिम तर्फको भागमा धेरै ग्रावेलीङ गरेकोले रातिको समयमा गाडी फस्ने सम्भावना हुने भएकोले हाल आजको रातिको समयको लागि मात्र उक्त पुलमा गाडीहरुलाई रोक लगाइएको सडक डिभिजन कार्यालय पोखराका सव इन्जिनियर किरण सुवेदीले बताए ।

उनका अनुसार आइतबार बिहान ६ बजे देखि बेलीब्रिज संचालन हुने भएको छ । बेलीब्रिज सफल परिक्षण पश्चात शनिबार दिउँसो करिब ४ बजे देखि बेलीब्रिज केही समय संचालनमा आएको सडक डिभिजन कार्यालय पोखराका डिभिजन प्रमुख हरि पोख्रेलले बताए ।

स्थानीय भगवती श्रेष्ठले बेलीब्रिज (पुल) निर्माण भए पश्चात अब भने डाइभर्सन पुल प्रयोग हुने आफ्नो जग्गामा बाटो हिड्न नदिने चेतावनी दिएकी छन् । उनले भनिन“ हामीले डाइभर्सन पुल निर्माणमा केही समयको लागि भनेर हामीले हाम्रो घर जग्गा नै बाटोको लागि दियौं हाल बेलीब्रिज निर्माण भए पछि पनि डाइभर्सन पुल संचालन गर्ने हाम्रो जग्गामा सवारी साधन चलाउन पाइएननी । ”

आफ्नो आगनको बाटो भएर डाइभर्सन पुल संचालन हुँदा करिब २ लाख बढी क्षती भएको गुनासो गरेकी श्रेष्ठले क्षतिपुर्ति वापत ५० हजार रुपैया मात्र प्राप्त गरेको बताइन्। इश्वर बहादुर सिंह ठकुरी सहितका केही व्यक्तिले चाइना कम्पनीका केही पदाधिकारीसंग आफुहरुले डाइभर्सनको रुपमा सडक प्रयोग गर्न नदिने भन्दै चर्को स्वरमा कराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button