पोखरा महानगरमा पार्किङ किचलो

पोखरा न्यूज – १२, साउन ।  पछिल्लो समय पोखरामा केही चिजको ठुलो समस्या छ भने त्यो सवारी पार्किङको नै हो । पार्किङको लागि ठाउँ नहुँदा सवारीलाई सडककै छेउ लगाएर राख्नु पर्ने बाध्यता बढ्दो छ ।

सडकमा पार्किङ गर्न कसैको रोकतोक छैन । महानगरले नै सडक पार्किङको लागि ठेक्का (टेन्डर) निकाल्दै आएको छ । गत वर्षमा मात्रै महानगरले सवारी पार्किङका लागि ४ पटक टेन्टरको लागि सूचना निकाल्यो । २ वर्षका लागि ।  तर, टेन्डर रकम बढी भएको भन्दै तेस्रो सूचना प्रकाशित हुँदासम्म पनि आवेदन नै परेनन् । पहिलो र दोस्रो सूचनामा महानगरले ७ करोड ५७ लाखको टेन्डर निकालेको थियो ।

तेस्रो पटक सूचना सार्वननिक गर्दा समेत टेन्डरको लागि आवेदन नपरेपछि महानगरले रकममा केही हेरफेर गर्यो । ७ करोड ५७ लाख बाट घटाएर तेस्रो पटकमा ५ करोड ३९ लाख बराबरको टेन्डर निकाल्यो ।  महानगरले रकममा हेरफेर त गर्यो । तर, तेस्रो पटकमा पनि कसैका निवेदन भने परेन ।

चौथों पटकको टेन्डरमा महानगरले पहिलो पटकको टेन्डरको आधा रकम नै घटाएर सूचना निकाल्यो । तेस्रो पटकको सूचनामा आधा रकम नै घटाएर ३ करोड ५६ लाखको टेन्डर निकाल्यो । टेन्डर निकालेपछि ३ कम्पनीले आवेदन पर्यो । ‘मेन्स बिल्डर्स’, ‘अशेष निर्माण सेवा’ र ‘नाइस नेपाल’ ।

चौथों पटकमा ३ कम्पनीका आवेदन त परे । तर, महानगरले बोलाएको समयमा सम्झौताको ३ वटै कम्पनी सम्पर्कमा आएनन् । कारण महानगर ठेकेदार कम्पनीको मागमा लचिलो भएन ।  पोखरा महानगरका लेखा अधिकृत शिवहरि शर्माका अनुसार ३ कम्पनीले क्रमश ३ करोड ७३ लाख, ३ करोड ६० लाख र ३ करोड ५४ लाखको टेन्डरका लागि निवेदन दिएका थिए ।

उनका अनुसार ठेकेदार कम्पनीले महानगरको नियम, कानुनभन्दा बाहिर रहेर ठेक्का माग गरेकाले सहमति हुन सकेको छैन । ‘उहाँहलाई मौखिक रुपमा र पत्राचार पनि गरि सक्यौं । सहमतिका लागि बोलायौं,’ उनले भने, ‘तर, उहाँहरुको माग महानगरको नियम, कानुनभन्दा बाहिरका छन् । त्यसकारण पनि सम्झौता हुन सकेको छैन ।’

पार्किङको लागि सार्वजनिक, नीजि, साझेदारी र सडक ठेक्कामा लागाउने महानगरका दुवै योजना असफल भए पछि सवारी पार्किङ झनै अस्तव्यस्त बनेको छ । बढ्दो सवारीे चाँप, सडकमा अर्को तर्फ सवारी पार्किङ हुदाँ सहर अव्यवस्थित देखिदै गएको छ ।
२०५७ साल देखि पोखरा महनगरपालिकाले पार्किङको लागि सडक ठेक्कामा लगाउदै आएको छ । सडकमा पार्किङ निरुत्साहित गर्न महनगरलाई नगरिक स्तरबाट चर्को दिवाव थियो । तर, पनि महनगरले ठेक्का लगाउने प्रयत्न जारी राख्दै आएको छ ।

ठेक्का नलाग्ने पक्का भए पछि महानगरले सार्वजनिक, निजी साझेदारी शैलीमा पार्किङस्थल बनाउने भन्दै खाली जग्गा खोज्न थाल्यो । तर यसमा पनि महानगर सफल हुन सकेको छैन । खाली जग्गा भाडामा उपलब्ध गराउन महानगरले सुचना जारी गरे पनि कही कतै बाट जग्गा प्राप्त नभए पछि महानगरको योजना सफल हुन सकेको छैन ।

महानगरका यातायात शाखा प्रमुख सुरेन्द्र पौडेलका अनुसार सहरी क्षेत्रमा खाली जग्गा भेट्टाउनै गाह्रो छ, व्यवसायीक भवन र आवास गृहले खचाखच छन् । ‘यसले गर्दा पनि पार्किङको व्यवस्थापन थप चुनौति बन्दै गएको छ,’ उनले भने ।

व्यस्त सडक जाम भइरहँदा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सास्ती छ । भने पार्किङले सडक साँघुरो बनाउँदा गाडी चलाउन समेत जोखिम बढ्दो छ । सडकका दुवैतिरको छेउमा पार्किङ गर्दा पैदल यात्री र व्यवसायीक प्रतिष्ठानमा समेत नकारात्मक असर परेको गुनासो गर्छन् । पोखराका मुख्य व्यापारीक केन्द्र महेन्द्रपुल, चिप्लेढुङगा, नयाँबजार, न्युरोड, पृथ्वीचोक, लेकसाईडमा पार्किङको समस्या छ ।

यता, महानगर फेरि पनि सडकमै पार्किङ ठेक्का लगाउँने तयारिमा छ कि ? भन्ने प्रश्नमा महानगरका प्रवक्ता धनबहादुर नेपाली पार्किङका लागि महानगर उपयुक्त ठाउँको खोजीमा लागेको बताउँछन् । ‘सवारी पार्किङका लागि महानगर उपयुक्त ठाउँको खोजीमा छ,’ उनले भने, ‘त्यसको लागि महानगरको स्वामित्व भित्र रहेका जग्गा पनि प्रयोग गर्न सकिन्छ ।’

सवारी पार्किङका लागि नीजि स्तरबाट व्यवसाय नै गर्ने हिसाबले प्रस्ताव लिएर आएमा सहमति गर्न राजि भएको बताउँछन् । पार्किङका लागि नीजि स्तरबाटै पनि रुचि जगाई रहेको उनले सुनाए ।  महानगर यसै आर्थिक वर्षमा भवन बनाउँदा अन्डरग्राउन्ड पार्किङ बनाउँने घर धनीलाई राजस्व छुटको समेत व्यवस्था गरेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Parking vayeko thau ma pasal sanchalan garda nabolne ani parking khojdai basne mahanagar , bijog xa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button