पोखरा न्यूज – १२, साउन । पौडी पोखरी ( स्विमिङ पुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् ।
काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो ।
स्विमिङ गर्न जाने क्रममा स्विमिङ पुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः४० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
hotel sanchalak ko galti dekhidaina