तनहुँमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालक घाइते

पोखरा न्यूज – १२, साउन ।  तनहुँ भानुनगरपालिका–२ बगैँचामा एक बालक चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

आज घरमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट छ वर्षीय हेमराज सुनुवार घाइते भएका हुन् ।

स्थानीय लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत सुनुवारको घाँटी र काँधमा चितुवाले चिथोरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

उनलाई उपचारका लागि चितवन लगिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button