भदौमा पोखरामा फुल कन्ट्याक्ट कराँते हुने

पोखरा न्यूज – १४, साउन । भदौ १४ मा पोखरामा ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराँते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ ।

फुलकन्ट्याक्ट मार्फत पोखराको पर्यटनलाई थप बढोत्तरी गर्नका लागि पोखरामा खेलको आयोजना गर्ने आयोजकले जनाएको छ । खेलमा ३२ पुरुष र ३२ महिला गरि ६४ खेलाडिको सहभागिता रहने नेपाल फुुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।

पुरुष तथा महिला खुला तौल समुहका संघमा आवद्ध खेलाडिले प्रतिस्पर्धा गर्न पाउँने उनले जानकारी दिए ।  खेलमा प्रथम हुनेले पुरस्कार स्वरुप १ लाख जित्न छन् । त्यस्तै दोस्रो हुनेले क्रमश ५० हजार र २५ हजार पाउने छन् । महिला पुरुष खेलमा उत्कृष्ट सबैलाई समान पुरस्कार दिइने अध्यक्ष बस्नेतले जानकारी दिए ।

जापानबाट खालि हात युद्ध कला सन् १९६४ ताका फुलकन्ट्याक्ट शैलीबाट खेलिने खेलको रुपमा विश्वभर फैलिएको थियो । खेलाडि र खेलसँग सम्बन्धित संघ संस्थाको हक हितमा क्रियाशिल महासंघमा १५ संस्था आवद्ध छन् । २०६१ मा विभाजित संघ, डोजो, क्लबको छाता संगठनको रुपमा ‘नेपाल फुल कन्ट्याक्ट कराते महासंघ’ गठन भएको थियो ।

महासंघको गठन यता राष्ट्रिय स्तरका प्रतियोगिता, टेक्निकल सेमिनार, क्याम्प लगायतका कार्यक्रम गर्दै आएको अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगितका लागि १२ लाख बराबरको खर्च हुने उनले बताए । खेलमा उपस्थित हुने सिनियर तथा अन्र्तराष्ट्रिय पदकधारी खेलाडिको केही दिनमा तय हुने उनले सुनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button