तनहुँमा वडा-वडामै अपाङ्गता परिचयपत्र वितरण

पोखरा न्यूज- १५ , साउन । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । उक्त परिचयपत्र वितरण गर्ने अधिकार स्थानीय तहमा आएपछि नगरपालिकाले प्रत्येक वडावडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ ।

नगरपालिकाको वडा नं ३, ११ र १२ का १२६ लाई तथा वडा नं ३ मा ४२, ११ मा ५१ र १२ मा ३३ जनालाई रातो, निलो र पहेँलो रङ्गको उक्त परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

“अपागङ्ता भएका व्यक्तिहरुको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७५ बमोजिम गठित स्थानीय समन्वय समितिको निर्णयअनुसार नगरमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेका हौँ”, उपप्रमुख सविता रसाइलीले भनिन ।

परिचयपत्र वितरणका लागि गत जेठ ८ र ९ गते शारीरिक अवस्था जाँच गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र कार्यविधि-२०७५ अनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिहरुले पनि आगामी एक वर्षभित्र कार्यविधिअनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ गरी चार समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिललाई नीलो, मध्यम अपाङ्गता भएका व्यक्तिलाई पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिलाई सेतो रङको परिचयपत्र उपलब्ध गराइएको थियो ।

कूल ४६० को निवेदन परेकामा शुक्लागण्डकी नगरपालिका अपाङ्गता समन्वय समितिले कार्यविधिको आधारमा ३४१ जनालाई परिचयपत्र वितरण गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button