साग लक्षित बास्केटबलको बन्द प्रशिक्षणका लागि कास्कीका २ खेलाडी धरान प्रस्थान

दीननाथ बराल,  पोखरा न्यूज- १६ , साउन । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप बास्केटबलको बन्द प्रशिक्षणका लागि कास्कीका २ जना खेलाडी बिहिबार धरान प्रस्थान गरेका छन्।

शुक्रबारदेखि राष्ट्रिय बन्द प्रशिक्षण धरानमा हुने भए पछि कास्कीका सागर विक र सुदिप कार्की बिहिबार साँझ पोखराबाट धरान तर्फ प्रस्थान गरेको बास्केटबल गण्डकी प्रदेशका प्रशिक्षक प्रदीप रसाइलीले बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विक र कार्की बन्द प्रशिक्षणको लागि पहिलो चरणमा छनौटमा परेको प्रशिक्षक रसाइलीले जनाए ।

देशभरबाट ३२ जना पहिलो चरणमा बन्द प्रशिक्षणमा धरानमा प्रशिक्षण गर्ने भएका हुन उनीहरुबाट उत्कृष्ट १२ जना खेलाडी छनौट हुने भएका छन्। बिहिबार कास्की जिल्ला बास्केटबल संघले दुई खेलाडीलाई एक समारोहका बिच बिदाई गरेको हो ।

संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपनिर्देशक कृष्ण प्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, संघ कास्कीका अध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेशका प्रशिक्षक प्रदिप रसाइलीले खादा तथा अविर लगायर खेलाडीहरुलाई बिदाई गरेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button