पोखरा न्यूज – १८, साउन । पोखरामा शनिबार जिप दुर्घटना हुँदा तिन जना घाइते भएका छन् ।
बाग्लुङबाट पोखरा तर्फ आँउदै गरेको ग १ ज ६१११ नम्बरको टाटा सुमो जिप पोखरा -१८ सराङकोटमा दुर्घटना हुँदा जिपमा सवार ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा बाग्लुङ ८ का ३२ वर्षीय सुजन परियार, ३६ वर्षीय राजकुमार परियार, ४४ वर्षीय धनबहादुर परियार र ४७ वर्षीय मिनबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
घाइते सबैको मेट्रोसिटी अस्पताल पोखरामा सामान्य उपचार भएपश्चात डिस्चार्ज भएको प्रहरी प्रवक्ता केसीले बताए ।