• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

बडीगार्ड खोलाको बाढीले बगाएको लोकमार्ग खुल्न अझै ३ साता लाग्ने

विज्ञापन
रासस-रासस
श्रावण २२, २०७६
पहिरोले बागलुङमा १ बर्ष पहिले बनेको ताल बाढीसँगै बिलायो

photo- Pradip Chandra Subedi

रामबहादुर थापा, पोखरा न्यूज – २२, साउन । बडीगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा सोमबारदेखि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अवरुद्ध छ । तुरतुरे ताल फुट्दा बडीगार्ड खोलामा आएको बाढीले लोकमार्ग बगाएको थियो ।

लोकमार्ग खुल्न अझै तीन साता लाग्ने जनाइएको छ । लोकमार्ग आयोजनाका इञ्जिनीयर अर्जुन गौतमका अनुसार १० मिटर माथिबाट नयाँ मार्ग खोल्ने काम शुरु भएको छ । “भदौ १० गतभित्रै यातायात नियमित गर्ने लक्ष्य छ”, उनले भने, “ब्रेकर लगाएर पहरा काटनुपर्ने भएकाले समय बढी लाग्ने भयो ।”

Loading...

तल बाढीको कटान र माथि भीर भएकाले एउटा भन्दा बढी डोजर प्रयोग गर्न नसकिने उनको भनाइ थियो । बाढीले झण्डै साढे दुई सय मिटर सडक भत्काएको छ । अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ ।

लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ । “नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भने । गत वर्षपनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो ।

पहिरोले बडीगार्ड खोला थुनिँदा करीब एक सय किमी क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । लोकमार्ग अवरुद्ध बनेपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको छ ।

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बूर्तिवाङबाट छोटो तथा लामो दुरीमा चल्ने सवारीसाधन ठप्प छन् ।

लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फपनि सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगार्ड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बूर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् ।

लोकमार्ग अवरुद्ध भएको क्षेत्रमा झण्डै एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको स्थानीयवासी दिनेश शर्माले बताए । “हिँड्ने बाटो पनि साह्रै जोखिमयुक्त छ” उनले भने, “बिरामी, बालबच्चा, ज्येष्ठ नागरिक र अशक्तलाई साह्रै सास्ती छ ।”

अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रु बोक्ने सवारी साधन वारिपारी भएर चलेपनि खाद्यन्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ । लोकमार्ग नियमित हुन ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने स्थानीयवासी बताउँछन् ।

बडीगार्ड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको बताए । “तलको भन्दा यो सडक छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ”, उनले भने, “साता/दश दिनमै तुरतुरेमा जोड्न सकिने सम्भावना छ ।”

उक्त सडक झण्डै एक किमि दुरीको छ । तीन सय मिटर मार्ग यसअघि नै खोलिएको छ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीलगायतको टोलीले मङ्गलबार स्थलगत अनुगमन गरेपछि लोकमार्ग छिटो सञ्चालनका लागि सोही मार्ग प्रयोग गर्न सुझाएको थियो ।

मध्यपहाडी लोकमार्गका इञ्जिनीयर गौतमले भने उपल्लो बाटोमा धेरै घुम्ती बनाउनुपर्ने भएकाले तुरतुरेमा थप जोखिम निम्तिने बताए । “पहिले पहिरो गएकै ठाउँ माथिबाट दुई/तीनवटा घुम्ती निकाल्नुपर्छ”, उनले भने, “प्राविधिक हिसाबले त्यो झन् जोखिमपूर्ण छ, अर्को समस्या निम्त्याउँछ ।”

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी

    बागलुङ जीप दुर्घटनामा मृतकको सङ्ख्या १५ पुग्यो

    श्रावण २२, २०७६
    बागलुङ जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाण्डौ लगियो

    बागलुङ जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाण्डौ लगियो

    श्रावण २२, २०७६
    बागलुङ बजारको शुन्दर दृश्य

    बागलुङ :साँघुरो ठाउँ, फराकिलो कर सङ्कलन लक्ष्य

    श्रावण २२, २०७६
    दुर्घटना अपडेट : १४ को घटनास्थलमै मृत्यु, १ बेपत्ता, ३ गम्भिर घाइते

    दुर्घटना अपडेट : १४ को घटनास्थलमै मृत्यु, १ बेपत्ता, ३ गम्भिर घाइते

    श्रावण २२, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    श्रावण २२, २०७६
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    श्रावण २२, २०७६
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    श्रावण २२, २०७६
    पोखराबाट २५ हजार भन्दा बढी यात्रु बाहिरिए
    कास्की

    शनिबार पोखराबाट अन्यत्र जाने गाडीलाई स्कर्टीङ गरी संचालन गरिने !

    - दीननाथ बराल
    श्रावण २२, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    श्रावण २२, २०७६

    समाचार

    पुरुष सिंगल र डबल्स तथा मिक्स डबल्समा नेपाललाई काश्य पदक पक्का

    पुरुष सिंगल र डबल्स तथा मिक्स डबल्समा नेपाललाई काश्य पदक पक्का

    श्रावण २२, २०७६
    ठूलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ

    ठूलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ

    श्रावण २२, २०७६
    चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    श्रावण २२, २०७६
    पोखरामा एक विदेशी पर्यटकको मृत्यु

    मुस्ताङमा एक पर्यटकको मृत्यु

    श्रावण २२, २०७६
    जाडोमा आगोको सहारा

    जाडोमा आगोको सहारा

    श्रावण २२, २०७६
    पर्यटकको आकर्षणको केन्द्र तिलिचो ताल

    मनाङमा अलपत्र २३ पर्यटकसहित ३३ को उद्दार

    श्रावण २२, २०७६

    छुटाउनुभयो कि ?

    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरमा बिहीबारदेखि आर्चरी शुरु हुने, पाकिस्तान सहभागि नहुने

    श्रावण २२, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरा सडक महोत्सवमा आतिसबाजी गर्ने तयारी

    श्रावण २२, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन

    श्रावण २२, २०७६
    भारतमा बलात्कारीलाई कठोर सजाय माग
    कास्की

    पोखरा रंगशालामा फुटबलले दर्शक तान्दै

    श्रावण २२, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    श्रावण २२, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    श्रावण २२, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    श्रावण २२, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    श्रावण २२, २०७६
    पछिल्लो न्यूज
    पोखरामा ३ जनाको समुहले धारिलो हतियार प्रहार गर्दा १ घाइते

    पोखरामा ३ जनाको समुहले धारिलो हतियार प्रहार गर्दा १ घाइते

    लेकसाइड – ०६, पोखरा, नेपाल अनलाइन पोखरा प्रा.लि. सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४ समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४ email: pokharanews@gmail.com विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४ email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 711 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News

    युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

    पासवर्ड भुल्नुभयो ?

    नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

    सबै भर्नुपर्नेछ. लगइन गर्नुहोस्

    Retrieve your password

    पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .

    लगइन गर्नुहोस्