पोखरामा सडक डिभिजन प्रमुख र कार्यालय इञ्जिनीयर ९ लाख घुससहित पक्राउ

पोखरा न्यूज – २४, साउन  । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गरे  ।

सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियार स्रोतले बताएको छ । प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताए ।

उनले भने , “अख्तियार टोलीले सडक कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरेको सत्य हो । अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button