पोखरा महानगरका बसमा ‘इ-टिकेटिङ’ ट्रायल शुरु

पोखरा न्यूज – २४, साउन ।  पोखराका नगर बसमा भदौ १ देखि शुरु हुन लागेको ‘इ -टिकेटिङ’को आज शुक्रबार  परिक्षण गरिएको छ ।  पोखरा-१ सिमपानीदेखि पोखरा-१७ आँखा अस्पतालसम्मको रुटमा चल्ने नगर बसमा यसको  परिक्षण  गरिएको हो ।

सिस्टम शुरु गर्नका लागि अन्य तयारि पनि सकिइसकेको महानगरका यातायात शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । सिस्टम जडान गर्ने कम्पनी एनक्लाउडका सिइओ दिपेन्द्र नारायण श्रेष्ठका अनुसार आजैदेखि सिमपानी, आँखा अस्पतालको रुटमा यो सिस्टम सुरु भइसकेको छ ।

पहिलो चरणमा ८ सय नगर बसमा जडान गरिने यो सिस्टम लागु भइसकेपछि यात्रु र सवारी धनी दुबै नठगिने र पारदर्शि पनि हुने महानगरले विश्वास लिएको छ ।  पोखरा बस कम्पनीका संचालक मध्येका  एक अमृत अमृत शर्मा तिमिल्सिनाले सिमपानी देखि आँखा अस्पताल रुटमा चल्ने १३ बसमा सिस्टम परिक्षण गरिएको जानकारी दिए । ‘आजदेखि सिमपानी-आँखा अस्पताल रुटमा चल्ने १३ बसमा सिस्टम ट्रायल स्वरूप सुरु भएको छ, राम्रो रेस्पोन्स आएको छ,’ उनले भने ।

यो सिस्टम सुरु भएपछि यात्रुहरुले बसका सहचालकलाई कार्ड देखाएर  कार्डलाई मेसिनमा राख्नासाथ्  कार्डबाटै पैसा काटिन्छ । कार्ड जिपिएस सिष्टममा जोडिएको छ । ओभ डेभलपमेन्ट बैंकसँगको सहकार्यमा बनाइएको उक्त यात्रु कार्डको वितरण कार्य महानगरमा  सुरु भइसकेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. मात्र सिम्पानी-आँख हस्पताल रुटमा हो कि नगर भित्र नि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button