पोखरामा भोलिदेखि निःशुल्क मेट्रो कार्ड वितरण हुने, कसरी कहाँबाट लिने हेर्नुहोस्

दीननाथ बराल, पोखरा न्यूज – २५, साउन । पोखरामा इ टिकेटिङको परिक्षण गरिएको छ । पोखराका छोटा दुरीका यात्रुबसमा भदौ १ गते देखि शुरु हुन लागेको इ टिकेटिङ सिस्टमको शुक्रबार  परिक्षण गरिएको हो ।

पोखरा -१, सिमपानीदेखि पोखरा -१७ आँखा अस्पतालसम्मको रुटमा चल्ने पोखरा बस कम्पनी प्रा.लि.का १३ वटा बसमा उक्त सिस्टमको परिक्षण गरिएको पोखरा बस कम्पनीका संचालक मध्येका  एक अमृत तिमिल्सिनाले बताए । उक्त सिस्टम लागु भएसंगै आर्थिक पारदर्शीत़ा का साथै  भाडाको बिषयमा हुने बिबादको अन्त्य हुने उनले बताए । यात्रुहरुले कार्ड प्रयोग गर्दा उनीहरुको रेकर्ड समेत हुने हुँदा  कार्ड  भएको यात्रुले यदी सामान बसमा छुटाएको अबस्थामा भेटिने बढी सम्भावना रहने   संचालक तिमिल्सिनाले बताए ।

उनले भने – “ हामीले कार्ड सिस्टम लागु गर्न यात्रुलाई पहिलो चरणमा प्रोत्साहन गरेका छौं, पहिलो चरणमा १० हजार कार्ड निशुल्क रुपमा वितरण गर्दैछौ।”  कार्ड प्रयोगकर्तालाई सहुलियत स्वरूप पोखरा बस कम्पनीले चढ्न साथ लागु हुने न्यूनतम भाडा १४ रुपैयामा १ रुपैया घटाएर  १३ रुपैया लिने भएको संचालक तिमिल्सिनाले जनाए । कार्ड प्रयोगकर्तालाइ  २० रुपैया भाडा लाग्ने ठाउँमा  २ रुपैया छुट, ४० रुपैयासम्मको भाडामा ४ रुपैया छुट र ५० रुपैयासम्म भाडा लाग्ने ठाउँमा ५ रुपैया छुटको व्यबस्था गरेको उनले जनाए । बिद्यार्थीको हकमा सक्कल म्याद सहितको परिचय पत्र देखाएको खण्डमा बिगतमा जस्तै छुट कार्यन्वयन हुने संचालक तिमिल्सिनाले बताए ।

एक प्रति पासवोर्ड साइजको फोटो र एक प्रति परिचय पत्र खुल्ने कार्डको फोटोकपिको आधारमा उक्त कार्ड उपलब्ध गराइने भएको छ । एक सय रुपैया व्यालेन्स भएको कार्ड लिन एक सय रुपैया धरौटी स्वरुप राख्नुपर्नेछ । उक्त कार्डमा भएको व्यालेन्स सकेपछि कार्ड चलाउन नचाहेमा  पुनः उक्त कार्ड फिर्ता गरेमा एक सय रुपैया धरौटी समेत फिर्ता  हुने जनाइएको छ । मेट्रो कार्ड आइतबार देखि पोखरा महानगरपालिकाका सम्पूर्ण वडा कार्यालय, बस कम्पनीहरुका कार्यालयबाट  वितरण हुने भएको छ । कार्डमा न्यूनतम एक सय देखि अधिकतम १ हजार रुपैया सम्मको व्यायलेन्स राख्न सकिनेछ  ।  ओम डेभलपमेन्ट बैंक अथवा बसका सहचालक सँग समन्वय गरेर उतिबेलै कार्डमा व्यालेन्स राख्न सकिने जनाइएको छ ।

यो सिस्टम सुरु भएपछि यात्रुहरुले पहिलो पटक बसका सहचालकलाई कार्ड देखाएर स्मार्ट पोष्ट डिभाइस मेसिनमा छुने र झर्ने वेलामा पछि उक्त मेसिनमा छुदा आवश्यक शुल्क कार्डबाट काटिने  एनक्लाउड कम्पनीका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले बताए । पोखरामा करिब ३ लाख कार्ड वितरण गर्ने तयारी भएको सिइओ  श्रेष्ठले पोखरा न्यूजलाई बताए  । उनका अनुसार पोखराका ७ बस कम्पनीहरु  पोखरा बस, पृथ्बी राजमार्ग बस संचालक, श्रृङगा यातायात, स्थानिय यातायात, विन्ध्यवासिनी यातायात, बेगनास यातायात र फेवा यातायात कम्पनी प्रालिका बस तथा मिनि माइक्रो बसमा उक्त कार्ड लागु हुने भएको हो ।

इ-टिकेटिङ प्रणालीको पोखरा  महानगपालिका संरक्षक र ओम डेभलपमेन्ट बैंक बैंकीङ पाट्नरको रुपमा रहेका छन् भने उक्त कार्ड एनक्लाउड कम्पनीले जारी गरेको हो । पोखराका  ७ वटा बस कम्पनी प्रालिले उक्त सिस्टम लागु गर्ने अन्तिम तयारी गरेकाछन्। भदौ १ गतेदेखि पोखरा महानगरका सबै रुटमा औपचारिक रुपमा इ-टिकेटिङ प्रणाली लागुगर्ने  तयारी गरिएको छ ।

पोखरामहानगर भित्र आउदो असोज ३ गते सम्म सम्पूर्ण सवारी साधनहरुमा इ-टिकेटिङ प्रविधि लागु  नभए महानगरले स्थानिय सासन संचालन ऐन अन्तर्गत त्यस्ता  सवारी साधन संचालनमा रोक लगाउन सक्ने भएको छ ।

सम्बन्धित समाचार : पोखरा महानगरका बसमा ‘इ-टिकेटिङ’ ट्रायल शुरु

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. ई कार्डमा मोबाईको पैसा आफै काटे झै काड्छ की नाई कति बर्ष को म्याद हुन्छ यो कार्डमा ट्याक्सी मा पनि व्यवस्था हुनुपर्यरो कार्ड लाई छुदाँ पैसा कति दुरी अनुसार कति कट्ने र झरने बेला सम्म पोखरा भ्याली मै पैसा सकिए रिर्चज गर्ने मिसीन कुन कुन स्टेशन मा जानकारी पाऊ त अब आँफ्नै साधन चाहिने भयो

    1. ओम डेभलपमेन्ट बैंक अथवा बसका सहचालक सँग समन्वय गरेर उतिबेलै कार्डमा व्यालेन्स राख्न सकिने जनाइएको छ ।

  2. सम्पुर्ण पोखरा नगर बसमा इ टिकेटिङ संचालन मा आउन लागेको कुरामा मा भाडामा कुनै लापरबाही त नहोला त्यो अत्यन्तै समय सान्दर्भिक रहेको छ। तर जुन नगर बसमा यात्रा गर्ने बिध्यार्थी साथि भाइ हरुले जुन आफ्नो परिचय पत्र बाट पाउनु भएको ४५प्रतिशत भाडा छुट पाउनु भएको थ्यो कसरी कार्यान्वयन मा आउछ होला?????

    1. बिद्यार्थीको हकमा सक्कल म्याद सहितको परिचय पत्र देखाएको खण्डमा बिगतमा जस्तै छुट कार्यन्वयन हुने संचालक तिमिल्सिनाले बताए ।

  3. बसमा चढ्दा र झर्दा कार्ड पन्च गर्नुपर्ने रकम पनि दुईपटक काट्ने होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button