पोखरामा २ लाख नगद सहित जुवा खेल्दै गरेका ३४ जना पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – २६, साउन । नेपालीहरुको महान पर्वहरु नजिकिदै गर्दा कास्की प्रहरीले शान्ति सुरक्षासहित केही ठाउँमा जुवा ताल खेल्न उपर कारवाहीलाइ तीव्रता दिएको छ । कास्की प्रहरीले पछिल्लो २ दिनमा  ४ ठाउँबाट २ लाख २१ हजार ९ सय ९० रुपैया नगद सहित ३४ जनालाई पक्राउ गरेको हो ।

शनिवार र आइतवार गरि पोखरा महानगरपालिका ५, ८, ३२ र १६ वडाबाट अवैध रुपमा जुवातास खेल्ने ३४ जना  पक्राउ परेको कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए । उनिहरुलाई जुवा मुद्धा अन्तर्गत म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको उनले जनाए ।

पोखरा महानगरपालिका ५ पर्स्याङ् स्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा शनिबार जुवा तास खेलीरहेको अबस्थामा ४ बुक तास सहित   कमला रानाभाट सहित  ८ जना व्यक्ति पक्राउ परेको प्रहरीले  प्रहरीले जनाएको छ  । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ एक्काइस हजार १ सय ४० रुपैया फेला पारेको छ  ।

त्यसैगरी शनिबार नै पोखरा ८ नागढुगा स्थित बालकृष्ण शर्माले संचालन गरेको निरज होटलको तेस्रो तल्लामा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा ४ बुक तास  सहित  बालकृष्ण शर्मा सहित ७ जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । साथै उनीहरुको साथबाट प्रहरीले ६२ हजार ८ सय ३५ रुपैया बरामद गरेको छ ।

पोखरा ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा जुवातास खेलाइरहेको  अबस्थामा आइतवार  ४ बुक तास सहित  रामराज पौडेल सहित ११ जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । उनीहरुबाट प्रहरीले ३२ हजार ८ सय १५ रुपैया बरामद गरेको छ ।

त्यसैगरी पोखरा १६ दिप स्थित दुर्गा घलेको घरमा प्रहरी टोलीले जुवा तास खेली खेलाईरहेको अबस्थामा ३ बुक तास, जुवातास खेल्ने खेलाउने दुर्गा घले सहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  । प्रहरीले उनीहरुको साथबाट  २५ हजार २ सय रुपैया बरामद गरेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button