पोखरामा भारतबाट आएको आलुमा ४७ प्रतिशतसम्म बिषादी, ५२ बोरा आलु नष्ट गरियो

दीननाथ बराल, पोखरा न्यूज – २७ , साउन । पोखरामा सम्भवत पहिलो पटक सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको छ ।

भारतबाट पोखरामा बिक्रिका लागि  ल्याइएको सेतो आलुमा बिषादीको रोकावटदर ४७ प्रतिशत अर्थात खान अयोग्य भएको आलु भेटिएको बालि संरक्षण प्रयोगशाला कास्कीका बालि संरक्षण अधिकृत संजीव बास्तोलाले बताए ।

पोखराको शान्तिवन वाटिका स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याइएको सेतो जातको आलुमा विषादीको मात्रा बढी भेटिएको उनले जनाए । उनले भने “बिषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खान योग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अब्जरवेशन गरेर मात्र खान सकिन्छ, अन्यथा त्यो भन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ, त्यस्ता बस्तुलाई नष्ट गर्नुपर्छ । ”

केही समय अघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालय पोखराले आलुमा कार्वाेमेट परिक्षण गर्दा मानव स्वास्थ्यको लागि उक्त आलु खान अयोग्य भएको पुष्टि गरेसंगै कृषि उपज बजार व्यावस्थापन समितिले उक्त आलुलाई नष्ट गरेको थियो ।  पोखराका ४ जना व्यवसायीहरुले भारतबाट ल्याएको सेतो आलुमा अत्याधिक बिषादी भेटिएकोले समितिले आलु मानव स्वास्थ्यलाई हानिकारक हुने भन्दै नष्ट गरेको कृषि उपज बजारकी निमित्त बजार ब्यवस्थापक रुपा दाहालले बताईन्।

उनका अनुसार पोखरामा विगत तीन महिनादेखि फलफुल तथा तरकारीमा बिषादीको मात्र परिक्षण गरिदै आएको छ । आलु, प्याज प्रायः गरी अधिकाशं भारतबाट आउने गरेको बताएकी निमिक्त व्यावस्थापक दाहलले अन्य फलफुल तरकारी सिजन अनुसार र पोखराको माग अनुसार भारतबाटै धेरै आउने गरेको जनाइन। पोखरा आउने अन्य फलफुल तरकारीमा भने केही न केही बिषादीको मात्रा भए पनि खान अयोग्य बिषादीको मात्र बढी भएको बस्तु भने आलु बाहेक अन्य हालसम्म नभेटिएको उनले जनाइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button