भोलि पोखराका विद्यालयहरुमा विदाको घोषणा

पोखरा न्यूज – २७ , साउन । ट्होटे  पर्वको संरक्षण गर्ने उद्धेश्यले पोखरा महानगरपालिकाले भोलि (मंगलबार) पोखराका विद्यालयहरु विदाको घोषणा गरेको छ ।

गुरुङ समुदायको महान पर्व साउन महिनाको अन्तिम मंगलबार मनाइने ट्होटे पर्वको संरक्षण गर्ने उद्धेश्यले स्थानिय विदा कट्टि हुने गरी मंगलबार पोखराका विद्यालयहरु विदा गरि सहयोग गर्न घोषणा गरिएको पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले बताए ।

तमुधि नेपाल केन्द्रिय कार्यालय पोखराको पत्रानुसार ट्होटे पर्वको उपलक्ष्यमा साउन २८ गते मंगलबार स्थानिय विदा गरी लोप हुन लागेको सांस्कृतिक पर्वलाई संरक्षण गरि सहयोग गरिदिन अनुरोध गरेसंगै महानगरको शिक्षा नियमावली २०७४ को नियम ६६ को उप-नियम ३ मा विद्यालय ब्यावस्थापन समितिले एक शैक्षिक सत्रमा ५ दिनसम्म स्थानिय विदा दिन सक्ने ब्यावस्था भएकोले विदाबाट कट्टि हुने गरी मंगलबार विदा गर्न महानगरले आव्हान गरेको हो ।

गुरुङ समुदायले यस पर्वमा धुमधामको साथमा झांकी सहित पोखरामा र्याली प्रर्दशन गर्दै आएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button