पोखरा-२६ पहिलो भड्किलो तीज रहित वडा घोषित

पोखरा न्यूज – २८, साउन ।  नेपाली महिलाको महान पर्व तीज नजिकिँदै गर्दा पोखरा महानगरपालिका–२६ पहिलो भड्किलो तीजरहित वडा घोषणा गरिएको छ ।

३५ भन्दा बढी आमा समूह तथा महिला सञ्जालको सामूहिक प्रयास र प्रतिबद्धताअनुसार सो वडालाई भड्किलो तीजरहित वडा बनाउन सफल भएको वडाध्यक्ष नारायण बरालले जानकारी दिए ।

बरालले मौलिक पर्वको महिमा हराउँदै गएको र पर्व विकृतिउन्मुख भएकाले तीजको नाममा हुने विकृतिलाई निरुत्साहित गर्न यो कदम चालिएको बताए । मौलिक तीजका पक्षमा ५०० भन्दा बढी महिलाले सडकमा निस्केर सामूहिक प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

महिला सञ्जालका अध्यक्ष मुरली थापाका अनुसार महिला स्वतन्त्रताको पर्व तीजका आफ्नै मौलिक सांस्कृतिक पहिचान भएकाले यसको धार्मिक र सांस्कृतिक पक्ष जोगाउनु आफूहरुको पनि दायित्व भएको बताइन ।

तीज मात्र नभई  दशैं तिहार लगायतका अन्य चाँडलाई पनि मौलिक परम्पराअनुसार मनाउने परिपाटीको थालनी गर्नुपर्ने थापा बताउछिन । चाँडवाड, विवाह तथा उत्सव पनि भड्किलो तरिकाले मनाउने प्रचलनलाई हटाउन सामूहिक छलफल भइरहेको समेत उनले जानकारी दिइन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button