पोखरा न्युरोडमा आगलागी, मिनी मार्केटका करिव २० सटरमा क्षति

पोखरा न्यूज – २८, साउन । पोखराको मुख्य व्यापारिक स्थल न्युरोडमा  मंगलबार दिउसो आगलागी भएको छ ।  पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी भएको हो ।

आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम  हाउस  तथा पर्दा पसल गरि करिव  २० वटा सटरमा  क्षति पुगेको  छ ।   पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानि ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको छ । दिउसो  करिब ४ बजे देखि सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छैन ।

आगलागीबाट मिनी मार्केट भित्रका  सटरका अधिकांश  सामग्री जलेर नष्ट  भएका छन् भने   आसपासका  शिवशक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामानहरु सार्ने काम भैरहेको छ ।

आगलागीको कारण र क्षतिबारे थप विवरण आउन बाकी छ ।

यो पनि पढ्नुहोस्:-पोखराको न्युरोडमा आगलागी हुँदा करिब ७ करोडको क्षती, ३२ सटर जलेर नष्ट

 

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button