जन्मदिनको अवसरमा केदारेश्वर महादेवमणि सेवा आश्रममा भोजन

पोखरा न्यूज – २८, साउन ।  पोखराको बैदाम स्थित केदारेश्वर महादेवमणि सेवा आश्रममा आश्रित बटुकहरुलाई स्थानिय हेमराज पहारीले आफ्नो जन्म दिनको अवसरमा भोजन गराएका छन्। पहारीले आफ्ना बाबु भानुभक्त पहारीको स्मृतिसंगै आफ्नो जन्मउत्सवको अवसरमा आश्रममा रहेका ३४ जना बटुकहरुलाई मंगलबार बिहानको भोजन गराएका हुन्।

पुर्वमेचि देखि पीश्चम महाकालिसम्मका ३४ जना बालकहरु हाल संस्कृतिक अध्ययनको लागि आश्रममा आश्रित भएको केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका सचिव खिम पहारीले बताए । मन्दिरमा भक्तजनहरुले दिएको भेटि, दान सहित दाताले दिएको सहयोगले नै आश्रम संचालन गर्दै आएको सचिव पहारीले जनाए ।

उनले भने “आश्रममा हामीले संस्कृतिक अध्ययन गराउनु हाम्रो मुख्य उद्धेश्य हो, संस्कृतसंगै अन्य बिषय अग्रेंजी, गणित लगायतका बिषयहरु समेत हामीले समेटेका छौं ।” आगामी नयाँ शैक्षिक सत्रदेखि कम्पुटर समेत राख्ने योजनामा रहेको उनले जनाए । पिठाधिश डा. लेखनाथ आचार्यको नेतृत्वमा आश्रममा पठन पाठन संचालन भईरहेको समितिले जनाएको छ ।

यस बर्षको साउन महिनाको अन्तिम सोमबार बोल बम धुमधामका साथ मन्दिरमा मनाएसंगै त्यहाँ निस्केको फोहोर संकलन तथा सरसफाई कार्य समेत मंगलबार गरिएको समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button