दीननाथ बराल, पोखरा न्यूज -२९, साउन । पोखरामा प्याराग्लाइडिङ दुर्घटना परी एक चिनिया पर्यटक घाइते भएकी छन्।
पोखरा प्याराग्लाइडिङ कम्पनीबाट बुधबार यात्रा गरेकी चिनिया नागरिक ६३ बर्षीया सानी युन्हा अवतरणको क्रममा घाइते हुन पुगेकी कास्की प्रहरीले जनाएको छ ।
घाइते युन्हाको मेट्रो सिटी हस्पिटलमा उपचार भएको थियो । खपौदीमा ल्याण्डिङ गर्ने क्रममा उनी घाइते हुन पुगेकी हुन्।
पोखरा प्याराग्लाइडिङ कम्पनीका संचालक मध्यका एक मिनराज पौडेलले घाईते चिनिया पर्यटकको मेट्रो सिटिमा सामान्य उपचार पछि डिस्चार्ज भएको बताए ।