पोखरा न्यूज -२९, साउन । पोखराको न्यूरोड स्थित एस मिनी मार्केमा मंगलबार लागेको आगलागी नियत्रणमा लिन महत्वपूर्ण भुमिका निभाउने ८ जना प्रहरी जवानहरुलाई सम्मान गरिएको छ ।
कास्कीका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले खादा तथा अविर लगाएर उनीहरुको कार्यको उच्च प्रशंसा गर्दै सम्मान गरेका हुन्।
एसपी कार्कीले आगलागी नियत्रणमा लिन सहयोग गर्ने स्थानीयहरुलाइ पनि धन्यवाद व्यक्त गरे ।
तस्बिर: दीननाथ बराल