कास्कीमा दुई पार्टी एक भएको वहानामा काँग्रेस हार्ने कुरा मान्न सकिन्न: देउवा

पोखरा न्यूज -३१, साउन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई पार्टी एक भएको वहानामा काँग्रेसले हार्ने कुरा मान्न नसिकिने बताएका छन् । देउवाले कास्कीमा हुन लागेको उपनिर्वाचलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानामा पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै सभापती देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले कास्कीमा हुन लागेको निर्वाचनलाई पार्टीले महत्वका साथ लिएको समेत बताएका छन् । ‘दुई पार्टी एक भएको बाहनामा काँग्रेसले हार्ने कुरा मान्न सकिन्न,’ उनले भने, ‘सबै मिलेर पार्टीले उठाएको उम्मेदवारलाई जिताउने लाग्नुपर्छ ।’ पार्टीले उठाएको उमेदवारलाई जिताउने गरि लाग्न समेत उनले आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीको प्रदेश कमिटी निर्वाचन मार्फत बनाउने समेत उनले स्पष्ट पारे । साथै यही कार्यक्रमबाटै पार्टीको एकताको शुरुवात हुने समेत उनले भनाई राखे ।  सोही कार्यक्रममा सभापति देउवाले अन्य कार्यक्रममा जस्तै सरकारलाई आरोप लगाउन समेत भ्याए । ‘सरकार अधिनायवादको वाटोमा अगाडी बढेको छ,’ उनले भने, ‘संविधानको मर्म विपरित एक पछि अर्को विवादीत विधेयक संसदमा पेस गरेर सरकार लोकतन्त्र मास्नतिर उद्दत छ ।’

सभापति देउवाले सरकारले संसदमा पेश गरेका मिडिया विधेयक र मानअधिकार आयोगको अधिकार कटौति गर्ने गरि ल्याएको विधेयक पास हुन नदिने समेत चेतावनी दिए । ‘चौतर्फि दवाव पछि गुठि विधेक फिर्ता गर्न सरकार बाध्य भयो,’ उनले भने, ‘अब मिडिया विधेयक र मानवअधिकार आयोगलाई संकुचित गर्ने गरि ल्याइएको विधेयक संसादबाट फिर्ता गर्न बाध्य पाछौं ।’

आफ्ना विरोधिहरुलाई तह लगाउन सरकारले अप्रजातान्त्रीक गतिविधि गरिरहेको देउवाको आरोप थियो । प्रधानमन्त्री कार्यालय अधिकार केन्द्रीत गर्ने, प्रधानमन्त्रीको एक निर्णयबाट सेना परिचानल गर्ने गरि विधेक बनाउनु र कर्मचारीतन्त्रमा भएको राजनिति करणले सरकार लोकन्त्र मास्न लागिपरेको स्पष्ट हुने देउवाको स्पष्टिकरण थियो ।

काँग्रेसका अर्का नेता रामचन्द्र पौडेलले सोही कार्यक्रममा पार्टी बलियो भए मात्र कार्यकर्ता बलियो हुने बताए । ‘व्यक्तीगत स्वार्थको लागि आफुलाई बलियो बनाउ न,’ उनले भने, ‘गुटबन्दीले पार्टीलाई बलियो बनाउने हैन । पार्टीमा व्यक्ती बलियो बनाउने प्रवृती हाबी हुनुहुदैन पार्टीमा पार्टी बलियो बनाउने प्रबृतिलाई हाबी गराउनुपर्छ ।’

सभापति देउवातर्फ इंगित गर्दै उनले भने, ‘यो देउवा पनि नभन्नोस्, त्यो पौडेल पनि नभन्नोस् नेपाली काँग्रेस भन्नोस् । नेपाली काँग्रेसको आचरण र चरित्र के हो, त्यसलाई सम्झनोस् विपि इतिहासलाई संझनोस आचरण र चरित्रलाई सम्झनोस् ।’  अर्का नेता कृष्ण सिटौलाले प्रदेश र स्थानीय तहमा पार्टी संरचना छिटो बनाउनुपर्ने बताए । पार्टी संरचना नहुदाँ प्रदेश संसदिय दल र स्थानीय तहको नेतृत्व अलमलमा परेको सिटौलाको भनाई थियो ।  महाधिवेशन प्रतिनिधि सहभागी प्रशिक्षण दुइ दिन सम्म चल्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button