पोखरामा प्रथम मेयर कप बास्केटबल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा न्यूज -३२, साउन । बास्केटबल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले भदौं दोस्रो सातादेखी पोखरामा प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता हुने भएको छ । भदौं १३ गतेदेखि पोखरा रंगशालामा बृहत बास्केटबल प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कक्षा १० सम्मको लागि मावि स्तरिय र कक्षा ११ र १२ को लागि अर्को इभेण्टमा स्नातक तह तर्फ छात्र/छात्राको बास्केटबल प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष धोज कुमार गुरुङले बताए । उनका अनुसार ४० बर्ष माथि उमेर समुहका लागि भेट्रान्स तर्फको प्रतिस्पर्धा समेत हुने भएको छ ।

कक्षा १० सम्मको लागि विजेता छात्र/छात्राको टिमलाई जनही १० हजार उपविजेतालाई ७ हजार प्रदान गरिने भएको छ । त्यसैगरी मावि स्तरिय कक्षा ११ र १२ तथा स्नातक तर्फको छात्र/छात्रा तर्फको विजेतालाई जनही १५ हजार र उपविजेतालाई ८ हजार प्रदान गरिने भएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा महानगरपालिकाको मुख्य प्रायोजनमा, क्षेत्रिय एवं जिल्ला खेलकुद विकास समिति तथा नेपाल बास्केटबल संघको विशेष सहयोगमा प्रतियोगिता हुने भएको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा करिब ५० टिमको सहभागिता हुने भएको प्रतियोगिता संयोजक नारायण प्रसाद शर्माले बताए ।

प्रतियोगिता सम्पन्न गर्न पोखरा महानगरपालिकाले मुख्य प्रयोजन स्वरुप २ लाख दिने भएको संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख ५६ हजार खर्च लाग्ने सचिव कृष्ण गुरुङले बताए । संघले विगत १७ बर्षदेखि निरन्तर रुपमा विद्यालय स्तरको बास्केटबल प्रतियोगिता संचालन गर्दै आएको सदस्य अर्जुन परियारले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरामा बास्केटबल खेलको धेरै सम्भावना भए पनि बास्केटबलको भौतिक पूर्वाधार भने कम भएको बताए  । बास्केटबलको खेलाडी चेन्जीङ रुमको आफ्नो पहलमा छिट्टै व्यवस्था मिलाउने उनले जनाए । उनले भने “खेलाडी भएन् भने खेल संघ र पदाधिकारी रहिन्न, त्यस कारण खेलाडीहरुको लागि हामीले उनीहरुलाई प्रोत्साहन हुने गरी, उनीहरुलाई व्यवसायीक बनाउनु पर्छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button