पोखरामा एक बृद्ध मृत फेला

दीननाथ बराल, पोखरा न्यूज -३२, साउन । पोखरामा एक बृद्ध मृत फेला परेका छन्।

पोखरा महानगरपालिका-१३ स्थित दुई कुलाको मुहान भन्ने स्थानमा शनिबार मध्यान्ह करिव १२ बजेको समयमा  साविक लेखनाथका ७२ बर्षीय कुलदिप सापकोटा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शुक्रबार घरबाट हिडेका सापकोटा शनिबार मृत अवस्थामा  भेटिएका हुन्।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button