पोखरातर्फ आउदै गरेको गाडी र मोटरसाइकल तनहुँमा ठक्कर खाँदा २ घाइते

पोखरा न्यूज – ०४, भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार सवारी  दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

पोखरातर्फ आउदै गरेको  बा २० च ६३१३ नं को गाडी  र विपरीत दिशाबाट जाँदै गरेको ग १४ प ५८३२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा  दुर्घटना भएको हो  ।

दुर्घटना परि मोटरसाइकल चालक बन्दीपुर गाउँपालिका – ०१ का १९ बर्षिया मनिष खड्की र पछाडी सवार १८ बर्षीय सन्दिप साही घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते दुवैको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेकोमा चालक खड्कीलाई थप उपचारको लागि चितवन पठाउने  र साहीलाई सामान्य उपचार पश्चात डिस्चार्ज गर्ने तयारी भैरहेको डिएसपी लीलाराज लामिछानेले बताए ।

गाडी र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button