पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दीननाथ बराल, पोखरा न्यूज – ४, भदौ । पोखरामा ट्रकको ठक्करबाट एक  भारतीय नागरिकको मृत्यु भएको छ ।

पोखराको जिरोकिलोमिटरमा बुधवार करिब २ः५० बजे लु १ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा  साइकल चालक भारतीय नागरिक ५५ बर्षका रफिक खाँनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको मेघापुर घर भई पोखराको सृजनाचोकमा बस्दै आएका खाँनको शव हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

ट्रकले ठक्कर दिएसंगै खाँनलाई  उपचारको लागि मेट्रोसिटि अस्पतालमा लगेसंगै चिकित्सकले उनलाई मृत घोषणा गरेको  वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले बताए ।

ठक्कर दिने ट्रक चालक बाग्लुङ, धम्जा ७ का ३० बर्षीय उजिर बहादुर खत्रीलाई प्रहरीले  नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए  ।

चालक सहित ट्रकलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button