पोखरामा सहाराको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने

दीननाथ बराल, पोखरा न्यूज – ०४ , भदौं । पोखराको सहारा क्लबको आयोजनामा आउदो शनिबार सहारा बाल आधारभुत विद्यालय, शिव टोल बसपार्कको प्राङ्गणमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

क्लबको २१ औं वार्षिकोत्सवको अवसरमा पोखराको नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज प्राली (जिएमसी) को विशेष सहयोगमा उक्त कार्यक्रम हुने भएको क्लबका महा-सचिव विश्वराज बरालले बताए ।  शिविर बिहान ८  बजे देखी दिउँसो २  बजेसम्म सञ्चालन हुने क्लबले जनाएको छ ।

शिविरमा मेडिशिन विशेषज्ञ डा. रोशन कुमार यादव, आँखा रोग विशेषज्ञ डा. जमुना गुरुङ्ग, बाल रोग विशेषज्ञ डा. शैलेस श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डा. उपमा बस्नेत र नाक, कान, घाँटी रोग विशेषज्ञ डा. राजेश महर्जनबाट विरामीको परिक्षण गनिरे भएको क्लबले जनाएको छ ।

गण्डकी मेडिकल कलेजका ईन्टरसिप डाक्टरहरुको सहयोग समेत हुने भएको छ भने शिविरमा आवश्यकता अनुसार भिडियो एक्सरे तथा सुगर परिक्षण निःशुल्क गरिने भएको महासचिव बरालले जनाए ।

“आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लबले हरेक बर्ष आहा रारा गोल्ड कपको साथमा विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीमा हाल १३ जिल्लाका २६ जना बालकहरु आश्रित छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button