म्याग्दीको गाईखर्क ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिने

पोखरा न्यूज – ०५, भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पर्ने गाईखर्कताललाई पर्यटकीयस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासीले अग्रसरता देखाएका छन् ।

तालमा रहेको पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा तालमा पुग्ने पर्यटकका लागि पूर्वाधार निर्माण गरिएको हो । गत वर्ष गाउँपालिकाको रु पाँच लाख २५ हजार अनुदान र स्थानीयवासीको रु ४९ हजार बराबरको श्रमदानमा मन्दिर र प्रवेशद्वार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर सिउथानीले बताउनुभयो । उहाँका अनुसार ताल परिसरमा पूजा गर्नका लागि मन्दिर बनाइएको हो ।

न कुनै पानीको मुहान छ, न कतैबाट पानी ल्याएर तालमा हालिएको छ । जति खडेरी परे पनि पानी सुक्दैन । हावाहुरीले तालमा पातहरु परे पनि चराले लैजाने र कहिल्यै पानी फोहर नहुने अनौठो विशेषता छ गाईखर्क तालको ।

तालमा धार्मिक पर्यटकहरु बढी आउन थालेका छन् । उनीहरुलाई सहज होस् भनेर मन्दिर बनाइएको हो ।  गाउँपालिकाले दुई लाख रुपैयाँ खर्च गरेर हाडिस खोलादेखि तालसम्म सडक निर्माण गरेको छ । घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । तालको अहिले क्षेत्रफलसँगै बाँध बनाएपछि ताल गहिरो पनि बनेको छ ।गोलो आकारको तालको पृष्ठभूमिमा धवलागिरि, गुर्जालगायतको हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button