दीननाथ बराल, पोखरा न्यूज – ०५, भदौ । पोखराको पृथ्बीचोेक स्थित नव निर्मित कुन्ती मलमा एनआइसी एशिया बैंकको एटिएम मेसिन संचालनमा आएको छ । एटिएम मेसिनको एक समारोहका विच बिहिबार बैंकका गण्डकी प्रादेशीक प्रमुख दिपेन्द्र शर्माले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रादेशीक प्रमुख शर्माले पोखरामा हाल १७ औं एटिएम मेसिन संचालन आएको जनाए । उनका अनुसार पोखरामा एनआइसी एशियाका ११ वटा शाखा छन ।
डिजिटल प्रविधिलाई प्रोत्साहन गर्न हाल बैंकले नयाँ खाता खोल्ने सेवाग्राहीलाई एटिएम र मोबाईल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराएको शर्माले जनाए । देशभर बैंकको २ सय ९५ वटा शाखा कार्यालय र ३ सय ५० भन्दा बढी एटिएम मेसिन भएको बैंकले जनाएको छ ।
यसैबिच नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पर्वको अवसरमा तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको मल संचालक मध्येका एक विवेक गुरुङले बताए । उनका अनुसार मलमा केही सटर तथा कार्यालय प्रयोजनको लागि प्रयोग गर्न सकिने जनाए ।
उनले भने “ पहिलो तलामा ८ वटा सटरको लागि मात्र बुकिङ खुल्ला रहेको छ, दोस्रो तला कार्यालय प्रयोजनको लागि खुल्ला गरिएको छ । ” नुन देखि सुनसम्मका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध हुने मलमा करिब १ सय ३० वटा सटरहरु रहेको विवेक गुरुङले जनाए ।
संचालक इन्द्रकुमारी बजिमायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालकहरुमा प्रभु गुरुङ, निरन्जन बजिमाया लगायतले बोलेको व्यवसायी शबु पाठकले बताइन्।