श्रीमतीलाई बलात्कार गर्ने श्रीमान् पक्राउ

पोखरा न्यूज – ०६, भदौ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. आठ वर्षको छोरा भइ सकेको दम्पति यति अवुझ र असमझदार होला मलाइ लाग्दैन । आपसी समझदारीमा विमारी वा अनीच्छा भएको एक आपसमा जाहेर गर्न सकिन्छ । कानुन छ भन्दैमा यसरी आफनै नाम सार्वजनिक गर्न नमिल्ने गरि समाचार बन्नु आफैमा नराम्रो कुरो हो जस्तो लाग्छ । यस्ता द्धघटनामा प्रहरीले पनि सतही अनुसन्धान नगरी गहिराइमा पुगेर सम्बन्धका अन्तर कुन्तर केलाउने चेष्टा गरे खास बास्तविकतामा पुग्न सकिन्छकी यस्ता घटना आउनुमा वलत्कार मात्र नभइ अन्य पनि कारण छन की विचार गरौ । यसरी श्रीमान श्रीमति विचको हर सम्बन्धलाइ अन्य कारणबाट पनि बलात्कारमा परिणत गर्ने हो भने भोलीको समाज कस्तो होला विचार गर्ने की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button