दैनिक खाद्य बस्तुमा संवेदनशिल हुनुपर्छः अध्यक्ष कोइराला

दीननाथ बराल, पोखरा न्यूज – ०६, भदौ । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले दैनिक खाद्य बस्तुमा  संवेदनशिल हुनुपर्ने बताएका छन् । चाउमिन तथा सस व्यवसायीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धि तालिम कार्यक्रमको शुक्रबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष कोइरालाले खाद्य बस्तु प्रत्यक्ष मानव स्वास्थ्यमा असर पार्ने भएकोले हरेक दिन यसमा संवेदशनशिल हुन आग्रह गरेका हुन् ।

उनले भने “खाद्य बस्तु उत्पादन गर्ने उद्योग वा कम्पनी तथा खाद्य बस्तु विक्रि वितरण गर्नेदेखि उपभोग गर्ने आम जनताले समेत खाद्य बस्तु प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । ” हामीले खाने खानामा हाइजेनिक हुनुपर्ने त्यसमा थप मिठो भए सुनमा सुगन्ध हुने उनले जनाए । बजारमा हुने अधिकाशं खाद्य बस्तुमा अझै पनि तिथिमिति उल्लेख नगरेको उल्लेख भए पछि गलत ढंगले प्रयोग हुने गरेको अध्यक्ष कोइरालाले जनाए ।

जिल्ला सरकारी वकिलको कार्यालयका न्यायधिवक्ता गुरुप्रसाद वाग्लेले दैनिक उपभोग्य बस्तु प्रयोग गर्दा आम जनता नै सचेत हुनुपर्ने बताए । पोखरा उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले प्रभावकारी बजार अनुगमन नहुदा बजारमा बेतिथि र अनियमितता बढेको गुनासो गरिन्। भ्याली फुट प्रोडक्टका संचालक लोकनाथ भण्डारीले पोखरामा गुणस्तर मापनको आवश्यक सामाग्रिहरु हुनुपर्ने बताए ।

खाद्य पदार्थमा स्वस्थता हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका खाद्य प्रविधि तथा गुण नियन्त्रण, डिभिजन कार्यालय कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा करिब ४५ जना सहभागि भएका थिए । डिभिजन कार्यालयका प्रमुख प्रसान्त पोख्रेलले नियमन निकाय आफुरु भएकोले कुनै ठाउँमा दैनिक उपभोग्य बस्तु तथा खाद्य बस्तुमा अनियमित भएमा उजुरी गर्न आग्रह गरे । उनले मानव स्वास्थ्यलाई ख्याल गरी बस्तु उत्पादनमा लाग्न आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button