पोखरामा डेङ्गु संक्रमण नियन्त्रण बाहिर, २ सय ६ जनामा डेङ्गु भेटियो

दीननाथ बराल, पोखरा न्यूज – ०७, भदौ । शुक्रबार पोखरामा थप २० जनामा डेङ्गु संक्रमण भेटिएसंगै पोखरामा यस बर्ष डेङ्गुका २ सय ६ जना बिरामी भेटिएका छन्।

यति बेला डेङ्गुको अनुकुल वातावरण भएकाले गर्दा पनि आफुहरुको विभिन्न प्रयास हुँदा हुदै आफ्नो नियन्त्रण बाहिर पोखरामा डेंगु संक्रमण फैलिदै गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिसर डा भोजराज गौतमले बताए ।  उनले भने “हामीले मात्र सचेतना जगाएर केही दिन केही व्यक्तिको घर आगनमा गएर लामखुट्टेको बास स्थान तथा लार्भानष्ट पारेर हुदैन अब यसलाई पूर्ण रुपमा नियन्ण गर्न हरेक घर घरबाट आफ्नो घर आगन वरिपरि पानी जम्न नदिने र लामखुट्टेको लार्भालाई नष्ट पार्नु पर्छ ।”

अब राजनीतिक दलहरुले आफ्ना नजिकका विभिन्न संघ संगठनलाई समेत डेङ्गु नियन्त्रणमा लगाउनु पर्ने अन्यथा हामी सबै डेङ्गुको उच्च जोखिमा रहने भएको डा.गौतमले बताए । डेंगु संक्रमणलाई नियन्त्रण गर्न विभिन्न सचेतना मुलक कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आउदा पनि पोखरामा डेङ्गुका बिरामीको सङख्यामा भने बृद्धि भएको उनले जनाए । पोखरामा हरेक दिन जसो डेङ्गुका बिरामीको सङख्यामा बृद्धि हुदै आएको डा. गौतमले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा बढी डेंगु संक्रमण फैलिएकोमा अझै पनि यसललाई नियन्त्रण गर्न नसकिएको डा. गौतमले बताए । वडा नम्बर ८ र ९ मा बढी कवाड संकलन केन्द्रहरु भएको तथा बसपार्क सहितको वकसप, होटल तथा रेष्टुरेण्ट भएकोले गर्दा पनि पानी जम्ने ठाउँहरु तथा पानी संकलन गर्ने गरेकोले लामखुट्टेको बृद्धि विकास भएको उनले दाबी गरे ।

पोखराका विभिन्न अस्पतालमा झुल सहित छुट्टै कोठामा राम्रो रेखदेखका साथ डेङ्गुका बिरामीको उपचार भैरहेको बताउदै उनले हालसम्म पोखरामा भेटिएका डेङ्गुका बिरामीमा जटिल समस्या भने नदेखिएको उल्लेख गरे ।

एडिव एजिपटाईको पोथी जातको लामखुट्टेले कुनै व्यक्तिलाई टोकेमा डेङ्गु रोग लाग्ने उनले जनाए । उनले भने “लामखुट्टेको विफर मौसम हाल भएकाले पोखरा डेङ्गु संक्रमणको अझै उच्च जोखिम छ, लामखुट्टेको बास स्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम हो । ” पोखरामा विभिन्न संघ संस्थाको अगुवाइमा डेंगू सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घरदैलो कार्यक्रममा भैरहेको छ । डेङ्गु रोग नियन्त्रण गर्न समाजमा रहेका हरेक संघ संस्था अब सक्रिय हुनुपर्ने बेला आएको डा. गौतमले जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालका अनुसार हाल दैनिक जसो विभिन्न टोलमा टोल सुधार समिति, आमा समुह, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको सहयोगमा डेङ्गु सचेतना तथा माइकिङ एवं परामर्श दिदै हिड्ने गरेको बताए । उनका अनुसार शुक्रबारसम्म पोखरा ८ मा ६४ जनामा डेंगु संक्रमण भेटिएको छ । त्यसै गरी पोखरा महानगरपालिका वडा नम्बर ९ मा हालसम्म करिब ५० जनामा डेंगु संक्रमण भेटिएको वडा अध्यक्ष रामराज लामिछानेले बताए ।

विगत केही हप्तादेखि दैनिक विहान ७ बजे देखि ९ बजेसम्म वडा भित्रका विभिन्न ठाउँमा सचेतना र लामखुट्टेको बासस्थान नष्ट पारिदै हिडेको उनले जनाए । ४/५ तलासम्मका घर घरमा पुगेर पनि लामखुट्टेको बासस्थान नष्ट पारी लामखुट्टेले लार्वा पार्न सक्ने थोक्रा टायरहरु संकलन गर्दै हिडेको वडा अध्यक्ष लामिछानेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button