बागलुङमा माइतिबाट घर फर्कने क्रममा ढुङ्गाले लागेर एकको मृत्यु

पोखरा न्यूज – ०७, भदौ । बागलुङमा माइतिबाट घर फर्कने क्रममा ढुङ्गाले लागेर एक वृद्धाको मृत्यु भएको छ ।

शनिवार  बागलुङ नगरपालिका-८ सिगाना स्थित गुवाखोलामा काठेखोला गाउँपालिका- २ भिमपोखरा बस्ने  ७५ बर्षिया अच्छि गिरीको ढुङ्गाले लागेर  मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

गिरीलाई बागलुङ नगरपालिका -९ तित्याङ स्थित माइति घरबाट आफ्नै घर फर्कदै गर्दा गुवाखोला तर्ने क्रममा अचानक माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

ढुङ्गाले लागेर घाइते भएकी गिरीलाई उपचारको लागी अंचल अस्पताल धवलागिरी  लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ   ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button