खेतमा धान गोड्ने क्रममा रुखले च्यापदा स्याङजामा १ जनाको मृत्यु

पोखरा न्यूज – ०७, भदौ । रुखले च्यापदा स्याङजामा १ महिलाको  मृत्यु भएको छ ।

शनिवार खेतमा धान गोडीरहेको अवस्थामा बरको रुख ढलेर थिच्दा १ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

रुखले थिचेर  स्याङजा चापाकोट नगरपालिका – १० किसान विरुवाकी ५८ बर्षिया  निनी कुमारी गाहाको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button