तालचोकमा भ्यान र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

पोखरा न्यूज – १२, भदौ । पोखरामा गए राति बुधबार  भएको दुर्घटनामा एकको मृत्यु भएको छ  ।

पृथ्वीराजमार्ग स्थित लेखनाथको तालचोकमा भएको दुर्घटनामा बागलुङ घर भइ काठमाडौँ कीर्तिपुर अध्ययनका बस्दै आएका  २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ ।

ग ३ च १४२२ नम्बरको  मिनीभ्यान र बा ९४ प १७०५ नम्बरको  मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसधन भैरहेको प्रहरीले जनाकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button