जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

पोखरा न्यूज – १३, भदौ । अछाम मेल्लेक गाउँपालिका–७ नन्देगडामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् ।

साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो । मृत्यु हुनेमा मेल्लेक-७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button