पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस ब्रेक फेल हुँदा दुर्घटना

पोखरा न्यूज – १५, भदौ । पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस  गल्छिनामा दुर्घटना हुँदा एकजना घाइते भएका छन्  ।

शुक्लागण्डकी नगरपालिका-५ गल्छिना स्थित पृथ्वी राजमार्गमा आइतबार ग १ ख २९७० नंम्बरको माइक्रो बस दुर्घटना हुँदा माइक्रो चालक गोरखा आरुघाट गाउँपालिका -३ का  ३६ बर्षीय  धर्म गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

बस ब्रेक फेल भइ अचानक नालीमा पल्टिदा घाइते भएका चालक गुरुङलाई  उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button