न्यू-डायमण्ड र पुलिस पोखरामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा भिड्ने

दीननाथ बराल, पोखरा न्यूज – १५, भदौ । पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि यू-डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको प्रतियोगितामा आइतबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै न्यू-डाईमण्ड र पुलिसले उपाधिको लागि सोमबार फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन्।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू-डाईमण्डले घरेलू टिम गण्डकी प्रदेशलाई २५-१८, २५-२० २५-१९ को सोझो तीन सेटमा पराजित गरी फाइलमा यात्रा बनाएको हो । सिपोरा गुरुङ सहितका खेलाडी मैदानमा उतारेको न्यू-डाइमण्ड विरुद्ध गण्डकीले एक सेट पनि जित हासिल गर्न सकेन् ।

त्यसै गरी राष्ट्रिय बन्द प्रशिक्षणबाट दोस्रो चरणमा बाहिरिएका गण्डकी प्रदेशका दुई जना खेलाडी लक्ष्मी कुमाल र ममता डगौरा गण्डकी प्रदेशबाटै खेल्दा पनि प्रदेशले उत्कृष्ट खेल प्रर्दशन गर्न सकेनन् । पोखरेली खेलाडी सिपोरा गुरुङ केही समय अघिदेखि अध्ययनको शिलसिलामा अमेरीका थिइन उनलाई हाल न्यू-डाइमण्डले आफ्नो टिममा समावेश गरेको हो । त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५-११, २५-७, र २५-६ को सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।

प्रतियोगितामा समुह ए को विजेता गण्डकी प्रदेश र बीको उपविजेता न्यू-डाईमण्ड तथा समुह बीको विजेता पुलिस विरुद्ध समुह एको उपविजेता श्रीराम खेलकुद विकास समिति दाङ विच सेमिफाइन खेल भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । फाइनल खेल भने सोमबार २ बजे पछि हुने भएको उनले जनाए । शनिबार अत्याधिक बर्षातका कारण स्थगित भएको दुई खेल सहित आइतबार ६ खेल भएको हो ।

शनिबार स्थगित भएको न्यू-डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेलमा पुलिसले जित हासिल गरेको हो । पुलिसले न्यू-डाईमण्डलाई ३२-३०, २५-२२, १५-२५, २४-२६ र १५-५ को सेटमा पराजित गरेको होे । शनिबार नै स्थगित भएको अर्को खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५-२१, २३-२५, २५-१७, २५-१९ मा पन्छाएको होे । पुलिसले लिगको खेलमा चितवन टाइगर्सलाई २५-२०, २५-१८, २५-१२ को सोझो सेटमा पन्छाएको हो । लिग चरणको अर्को खेलमा श्रीराम खेलकुद विकास समिति दाङले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५-१७, २०-२५, २५-२३ र २५-२१ को सेटमा पराजित गरेको हो ।

पवित्र गणेश सप्लायर्स अन्तर मावि लोकनृत्य प्रतियोगितामा म्यारी गोल्ड बोर्डिङ स्कुलले उपाधि जितेको छ । १४ टिमलाई पछि पार्दै मेरी गोल्डले उपाधि जितेको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगितामा कुमुदीनि होम्स मावि दोस्रो, सुर्यदय बोर्डिङ स्कुल तेश्रो र प्रगति बोर्डिङ, सोसियल पब्लिक र सरस्वती आर्दश विद्या आश्रमले शान्त्वना स्थान हासिल गरेकाछन्।

उत्कृष्ट भेषभुषामा भने गण्डकी आवासिय माविले उपाधि जितेको होे । आइतबार रामजी पौडेल, ज्योती लोहानी लगायतका कलाकारको प्रस्तुती रहेको थियो । दि यूनाइटेड गोल्ड मार्ट तिज गित प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । डिस मिडिया प्रालि प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । महोत्सवमा ४० भन्दा बढी स्टलहरु रहेको समाजका अध्यक्ष कमलबहादुर थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button