कर्म सँगै धर्म गर्दै नेपाली महिला प्रहरी

पोखरा न्यूज – १६, भदौ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा सोमाबार काठमाडौँको पशुपतिनाथ मन्दिर आसपास क्षेत्रमा महिला प्रहरी पूजाअर्चना गर्दै ।

आजको दिन व्रत बसी शिवको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

यस वर्ष तीज पर्वका अवसरमा उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ ।

भक्तजनको सुरक्षाका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएकोमा तीस प्रतिशत महिला प्रहरी खटिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रदीप सिंहले बताए ।

तस्वीर : रोशन सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button