४ थान पेस्तोलसहित ३ जना पक्राउ

पोखरा न्यूज – १९, भदौ । धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट ४ थान पेस्तोलसहित ३  जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको स्वीकार गरेपनि थप विवरण दिन नमिल्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button