घट्यो सुनको मूल्य

पोखरा न्यूज – २०, भदौ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४ सय र चाँदी प्रतितोला ४० ले घटेको छ ।

स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४ सय मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १ सय  ले घटेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७ सय तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७३ हजार १ सयमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९ सय कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९ सय ४० खरीदबिक्री भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button