जीप दुर्घटनामा १० महिने शिशुसहित ३ जनाको मृत्यु, ८ घाइते

पोखरा न्यूज – २०, भदौ । मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशु र २ वृद्धसहित तीन जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

आज भीमफेदीको जुरिखेतमा ना१ज ३६४० नम्बरको जीप दुर्घटना हुँदा १० महिने शिशु माझीको घटनास्थलमै र अन्य दुईको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको सर्लाही सुमो सेवाकोे जीप भीमफेदीको चिहानडाँडाबाट तल झर्दा दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरुको भीमफेदी अस्पताल, हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए  । घाइतेमध्ये एक बालक रहेका छन् ।

काठमाडौँ-हेटौँडा छोटो मार्ग अन्तर्गत जुरिखेतको चिहानडाँडाबाट टाटा सुमो कम्पनीको जीप एक सय मिटर तल झरेको हो । घाइते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाइवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम र सिन्धुलीका दलबहादुर डिम्डुम रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button