संसादले प्रहार गरेको एसिडबाट घाइते भएकी किशोरीलाई काठमाण्डौ लगियो

पोखरा न्यूज – २०, भदौ । तेजाब प्रहारबाट गम्भीर  घाइते भएकी किशोरीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौँ पठाइएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी १५ बर्षिय मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो। खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया-२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएको संसादले बयानमा बताएका छन् ।

यो पनि पढ्नु होस्:-

                  १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button