आजको राशिफल : भदौ २२ गते आइतबार 

पोखरा न्यूज- २२, भदौ ।  आज वि.सं. २०७६ भाद्र २२ गते आइतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख,
भाद्रपद शुक्ल (ञलाथ्व) दशमी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, आयुष्मान् योग, तैतिल र गर करण
आजको चाडपर्व र उत्सव : निजामती सेवा दिवस, शिक्षा तथा साक्षरता दिवस
भोलिको चाडपर्व र उत्सव : हरिपरिवर्तिनी एकादशी व्रत

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०४:४२ देखि ०६:१६ सम्म
यमघण्ट : दिउँसो १२:०१ देखि ०१:३५ सम्म
गुलिक काल : दिउँसो ०३:०९ देखि ०४:४२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:३५ देखि ०३:०९ सम्म
अमृत वारवेला : बिहान १०:२७ देखि १२:०१ सम्म
लाभ वारवेला : बिहान ०८:५३ देखि १०:२७ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button