• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

पोखरालाई जोड्ने पक्की पुल नहुँदा सेराबेसी र आसपासका क्षेत्र अझै दुर्गम जस्तै

विज्ञापन
रासस-रासस
भाद्र २२, २०७६
पोखरालाई जोड्ने पक्की पुल नहुँदा सेराबेसी र आसपासका क्षेत्र अझै दुर्गम जस्तै

वासुदेव पौडेल,पोखरा न्यूज – २२, भदौ । पोखरा महानगरपालिका–३२ गगनगौँडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ सेराबेसीबीचको खोलामा मोटर गुड्ने पक्की पुल नहुँदा सेराबेसी र आसपासका क्षेत्र अझै ओझेलमा रहेका छन् ।

कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबेसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासको बाधक पक्की पुल नै बनेको छ । रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेकोे यो खोलामा दुई दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।

Loading...

बर्सेनि खोलामा मानिस बग्न थालेपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए  । “तत्कालीन समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बन्यो,” उनले भने , “हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र अझै दुर्गम जस्तै बनेको छ ।”

पक्की पुलको आवश्यकतालाई महसुस गरी अधिकारीकै अध्यक्षतामा गठित खुदी खोला तालखोला दोभान पुल निर्माण उपभोक्ता समिति निरन्तर क्रियाशील बन्दै आएको छ । समितिकै सक्रियतामा चार वर्षअघि पुलको डिपिआर तयार गरिएको थियो । अध्यक्ष अधिकारीका अनुसार उक्त डिपिआरमा पुलको निर्माणका लागि रु नौ करोड ७२ लाखको लागत अनुमान गरिएको छ ।

योजना सम्पन्न गर्न पछिल्लो समयमा गण्डकी प्रदेश सरकारमार्फत पहल भइरहेको बताउँदै उनले उक्त समयमा तयार गरिएको डिपिआर प्रदेश सरकारलाई बुझाइएको जानकारी दिए  ।

योजनाको निरन्तरताका लागि प्रदेश सरकारले यस वर्षमा उक्त पुल निर्माणार्थ रु ७५ लाख विनियोजन गरेको निर्माण समितिका सचिव एवम् पोखरा महानगरपालिका–३३ का वडा सदस्य विष्णुप्रसाद तिवारीले जानकारी दिए  ।

पक्की पुलको अभावमा सेराबँसी र आसपासको क्षेत्रले समृद्धि र विकासमा फड्को मार्न नसकेको निर्माण समितिका उपाध्यक्ष श्रीप्रसाद पन्थीले बताए । पुलको अभावले आवतजावत र कृषिजन्य उत्पादन बजारमा पु¥याउन असहज भएको उनको भनाइ छ ।

पुल निर्माण गरिएमा सेराबँसी , नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहाँरा, तल्लोपोखरी, काठेपीपल, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी लाभान्वित हुनेछन् ।

तनहुँको सेराबँसी सीलगायत स्थानको पृथ्वीराजमार्गसहित पर्यटकीय नगरी पोखरामा सहज पहुँचका लागि पनि पुल अपरिहार्य भएको उपभोक्ता समितिका सचिव एवम् पोखरा महानगरपालिका–३२ का वडा सदस्य विष्णुप्रसाद तिवारीले जानकारी दिए  ।

पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको अवस्थामा प्रदेश सरकारबाट समेत पहल शुरु भएकाले सोको निर्माण कार्य आगामी दिनमा अघि बढ्ने पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीको धारणा छ ।

पुल निर्माणलाई सम्पन्न गराउन आफूहरूका तर्फबाट निरन्तर पहल भइरहेको उनले बताए  । पुलकै अभावमा ५/७  मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा अहिले तनहुँको कोत्रे हुँदै गाडीबाट घण्टाभन्दा बढी समय खर्चिनु परेको छ । तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका शहीद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको छ ।

त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको छ । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेक हुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने देखिएको छ ।

थप्रेक हुँदै कोत्रे जोड्ने बाटो सेराबँसीमा रहेको गुवे खोलामा पुल निर्माणका लागि यसै आर्थिक वर्षमा रु ६० लाख विनियोजन भएको र तिहारभित्रमा नै काम शुरु हुने गरी तयारी भइरहेको शुक्ला गण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए  ।

बाटोमा पर्ने सानातिना खोलामा पुलका साथै अन्य आवश्यक पूर्वाधार विकासले क्रमिक गति लिँदै गएको अवस्थामा मोटरेबल पुलको आवश्यकता झन् बढ्दै गएको छ । पुलको अभावमा चार वर्षयता हिउँदको समयमा स्थानीयवासीले आफ्नै खर्चमा मोटरसाइकल तथा अन्य सवारी साधन आवतजावतका लागि कलभर्ट राख्न थालेको तालखोला कलभर्ट निर्माण समितिका सचिव ठाकुप्रसाद खनाल बताउछन्  ।

“हिउँदको समयमा हामीले आफैँ खर्च जुटाएर असोजदेखि बर्सात शुरु नहुँदासम्म कल्भर्ट हालेर सवारीसाधन आवतजावत गराउने गरेका छौँ”, उनले भने , “पुलको अभावमा यस क्षेत्रमा निकै समस्या भएको छ, तर सम्बन्धित निकायबाट भने खासै चासो दिइएको छैन ।”

पुल निर्माणका झण्डै रु १० करोड लागत अनुमानसहित डिपिआर तयार भएको झण्डै चार वर्षपछि प्रदेश सरकारबाट यस वर्ष जम्मा रु ७५ लाख विनियोजन हुनुले योजना अझै पनि सम्बन्धित निकायको प्राथमिकतामा नपरेको हो कि भन्ने चिन्ता थपेको खनालले बताए  ।

पुल नहुँदा थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्का जस्ता पर्यटकीयस्थलको विकास एवम् प्रवद्र्धन हुन नसकेको, सेराबेँसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउन नसकेको उनको भनाई छ ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    लमजुङमा लडेर चिनियाँ नागरिक घाइते

    कास्कीमा ब्रिटिस पर्यटक लडेर घाइते

    भाद्र २२, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन

    पोखरा सडक महोत्सवमा आतिसबाजी गर्ने तयारी

    भाद्र २२, २०७६
    गण्डकी प्रदेश र तिब्बत बीच सुमधुर सम्बन्ध : मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेश र तिब्बत बीच सुमधुर सम्बन्ध : मुख्यमन्त्री गुरुङ

    भाद्र २२, २०७६
    दुई वर्षदेखि पोखरा सफाइ अभियानमा ९२ वर्षीय मङ्गली

    अफ सिजनमा पनि पोखराका होटलमा अकुपेन्सि ६० प्रतिशत

    भाद्र २२, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    भाद्र २२, २०७६
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    भाद्र २२, २०७६
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    भाद्र २२, २०७६
    पोखराबाट २५ हजार भन्दा बढी यात्रु बाहिरिए
    कास्की

    शनिबार पोखराबाट अन्यत्र जाने गाडीलाई स्कर्टीङ गरी संचालन गरिने !

    - दीननाथ बराल
    भाद्र २२, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    भाद्र २२, २०७६

    समाचार

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    भाद्र २२, २०७६
    जङ्गली हात्तीले किच्दा एकको मृत्यु

    जङ्गली हात्तीले दुः ख दिन थाल्यो

    भाद्र २२, २०७६
    ट्युबको सहारामा नदी तर्दै वृद्धा र बालक

    ट्युबको सहारामा नदी तर्दै वृद्धा र बालक

    भाद्र २२, २०७६
    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    भाद्र २२, २०७६
    मुस्ताङको स्याउ खेती

    मुस्ताङको स्याउ खेती

    भाद्र २२, २०७६
    तालचोकमा भ्यान र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

    दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु

    भाद्र २२, २०७६

    छुटाउनुभयो कि ?

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास
    कास्की

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    भाद्र २२, २०७६
    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु
    कास्की

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु

    भाद्र २२, २०७६
    भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
    कास्की

    माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

    भाद्र २२, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरमा बिहीबारदेखि आर्चरी शुरु हुने, पाकिस्तान सहभागि नहुने

    भाद्र २२, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    भाद्र २२, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    भाद्र २२, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    भाद्र २२, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    भाद्र २२, २०७६
    पछिल्लो न्यूज

    प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता सम्पन्न : क-कसले जिते उपाधि

    लेकसाइड – ०६, पोखरा, नेपाल अनलाइन पोखरा प्रा.लि. सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४ समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४ email: pokharanews@gmail.com विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४ email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 713 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News

    युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

    पासवर्ड भुल्नुभयो ?

    नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

    सबै भर्नुपर्नेछ. लगइन गर्नुहोस्

    Retrieve your password

    पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .

    लगइन गर्नुहोस्