पोखरामा असोज पहिलो साता संगम कप फुटवल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा न्यूज २२, भदौ । पोखरामा  संगम क्लवको आयोजनामा असोजको पहिलो सातादेखी  पोखरामा सातौं संस्करणको संगम कप फुटवल प्रतियोगिता हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्धेश्यले असोज ६ देखि ११ गतेसम्म ‘इलाभेन ए साइड’ फुटवल प्रतियोगिता सैनिकबस्ती स्थित भण्डारढिक खेल मैदानमा हुने भएको क्लवले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पोखरा रंगशालामा फुटवल मैदान हाल निर्माण हुदै गरेकोले पोखराको मुख्य बजार क्षेत्रमा मैदान अभावले गर्दा स्थानिय आर्दश क्लवले संचालन गरेको भण्डारढिक खेल मैदानमा उक्त प्रतियोगिता संचालन गर्ने भएको प्रतियोगिता संयोजक शिव गुरुङ (माया) ले बताए । पोखरा रंगशालादेखि भण्डारढिक करिब १५ किलोमिटर टाढाको दुरीमा पर्छ ।

पाँच बर्ष देखि संगम कप सेभेन ए सार्ईड फुटवल प्रतियोगिता गर्दै आएको क्लवले छैटौं संस्करण २०७४ मा फुटवल प्रतियोगिता सुरु गरेको हो । गत बर्ष मैदान अभावले फुटवल प्रतियोगिताले निरन्तरता नपाएको क्लवका अध्यक्ष सुर्य गुरुङले बताए ।

प्रतियोगितामा करिब २४ टिमको सहभागिता हुने भएको संयोजक मायाले बताए । उनका अनुसार एन्फा कास्कीमा आवद्ध २२ वटा क्लवहरु मध्य अधिकाशं क्लवहरु सहभागि हुनेछन्। क्लवले यस बर्ष देखि पुरस्कार राषिमा बृद्धि गरेको छ । क्लवले विजेतालाई एक लाख ५० हजार, उपविजेतालाई ९० हजार साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्ने भएको छ ।

अघिल्लो बर्षको तुलनामा विजेतालाई २५ हजार र उपविजेतालाई २० हजार पुरस्कार राषिमा बृद्धि गरिएको क्लवका उपाध्यक्ष विवेक गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा दर्ता शुल्क ७ हजार लाग्ने छ भने एउटा टिममा ए डिभिजनका ५ जनासम्म खेलाडीहरु समावेस गर्न पाइने छ ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६० हजार खर्च लाग्ने भएको क्लवका द्धितिय उपाध्यक्ष शिव नेपालीले बताए । स्वदेश तथा विदेशमा रहेका सहयोगीहरुबाट उक्त सहयोग संकलन हुने उनले जनाए । उक्त प्रतियोगिताबाट बचत भएको रकम यू-१५ संगम एकेडेमीमा खर्च गरिने भएको अध्यक्ष गुरुङले बताए । एकेडेमीमा हाल करिब ६० जना वालवालिका रहेको क्लवले जनाएको छ ।

प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा हङकङ निवासी तिलक गुरुङ (कान्छा दाई) ले गरेको क्लवले जनाएको छ । दोश्रो पुरस्कार पोखराको होटल द कोष्ट लेकसाइडले प्रयोजन गर्ने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५/५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button