आजको राशिफल : भदौ २३ गते सोमबार

पोखरा न्यूज – २३, भदौ ।  वि.सं. २०७६ भाद्र २३ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०९ तारिख,
भाद्रपद शुक्ल एकादशी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, सौभाग्य योग, वणिज र विष्टि (भद्रा) करण
आजको चाडपर्व र उत्सव : हरिपरिवर्तिनी एकादशी व्रत

भोलिको चाडपर्व र उत्सव : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान, नेवारी पर्व मतछोयके, त्रिपुष्कर योग दिनको ०१ बजेर १८ मिनेटसम्म

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०७:१९ देखि ०८:५३ सम्म
यमघण्ट : बिहान १०:२६ देखि १२:०० सम्म
गुलिक काल : दिउँसो ०१:३४ देखि ०३:०८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०५:४५ देखि ०७:१९ सम्म र साँझ ०४:४२ देखि ०७:४२ सम्म
लाभ वारवेला : दिउँसो ०३:०८ देखि ०४:४२ सम्म
शुभ वारवेला : बिहान ०८:५३ देखि १०:२६ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button