स्पेनमा ज्यान गुमाएका स्याङ्जाका मृतकका परिवारलाई रु २ लाख सहयोग

पोखरा न्यूज – २३, भदौ स्याङ्जामा  वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकको परिवारलाई बेल्जियम स्याङ्जा सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

स्पेनमा रोजगारीको सिलसिलामा गत जेठ १९ गते कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको चिन्नेवासका पुजन कोइरालाकी माता देवी कोइरालालाई समाजसेवी नेत्रप्रसाद पाण्डेले रु २ लाख २५ हजार ७५२ हस्तान्तरण गरेका हुन् ।

बेल्जियममा रहेका स्याङ्जालीहरुको संस्था ‘बेल्जियम स्याङ्जा सम्पर्क समिति’ र बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा सङ्कलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका हुन्  ।

एउटा नेपालीको दुःखमा अर्को नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मृतकको परिवारलाई आर्थिक सहयोग गरेको समाजसेवी पाण्डेले बताए । श्रीमान् र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ काठमाडौँमा बस्दै आएकि छन्  । मृतक छोराको स्मृतिमा आर्थिक सङ्कलन कार्यमा खटिनुहुने समितिप्रति मृतककी आमा देवी कोइरालाले आभार प्रकट गरेकी थिइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button