नेवाः संग्राहलयलाई व्यवस्थित पारे पोखरामा पर्यटकको बसाइँ लम्बिन सक्छ : मुख्य मन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – २३, भदौ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले नेवाः छे (भवन) मा व्यबस्थित ढंगले संग्राहलय संचालन गर्न सकेकोे खण्डमा पोखरामा आउने पर्यटकको एक दिन भए पनि बसायी अवधि लम्वाउन सकिने बताएका छन्। सोमबार नेवाः छे (भवन) तथा भवनमा स्थापना गर्न लागिएको नेवाः संग्राहलयको अवलोकन गर्दै मुख्य मन्त्री गुरुङले पोखरामा यस्तो प्रकृतिको संग्राहलयलाई थप ब्यबस्थित पार्न सके पोखरामा पर्यटकको बसायी अवधि एक दिन भए पछि बढाउन सकिने दाबी गरेका हुन्।

उनले भने “ पोखराको पर्यटन नेचर, कल्चर र एड्भेन्चर तीन महत्वपूर्ण आयाम हुन्, यसलाई हामीले पर्यटकहरु सामु राम्रोसंग बजारीकरण तथा प्रर्दशनी गर्ने व्याबस्था मिलाउनु पर्छ । ” नेवार समुदायको सांस्कृतिक तथा धार्मिक हिसावले सुविधा सम्पन्न भवन पोखरामा बनेकोमा खुसि व्यक्त गर्दै मुख्य मन्त्री गुरुङले यसमा संघ, प्रदेश र स्थानिय सरकारले समेत सहयोग गर्र्न सक्ने जनाए ।

नेवा खल कास्कीका अध्यक्ष असोक पालिखेले मुख्य मन्त्री गुरुङ समक्ष संग्राहलयको बारेमा जानकारी गराएका थिए । नेवारी समुदायको जन्म देखि मुत्यु हुदासम्मको संस्कार, कला, भेषभुष, खानपिन लगायतका बिषय बस्तुलाई संग्रह गर्नको लागि पनि नेवा छे मा नेवा संग्राहलय स्थापना गर्न लागिएको अध्यक्ष पालिखेले बताए । नेवारी समुदायका भावि पुस्तालाई आफ्नो कला, संस्कृतिको बारेमा जानकारी गराउन पनि संग्राहलयको अवधारण अघि सारिएको उनले जनाए ।

२ सय ४० बर्ष पुरानो छुसेपाथी, २ सय ९ बर्ष अघिको गाग्री देखि करिब २ सय थरिका विभिन्न सामानहरु संकलन गरिएको अध्यक्ष पालिखेले जनाए । नेवा खल कास्कीको अगुवाईमा करिब ७ करोडको लागतमा उक्त भवन निर्माण भएको हो । भर्याङ सहित फिनिसिङ गर्न थप २ करोड रुपैया आवश्यक भएको अध्यक्ष पालिखेले जनाए । केही सहयोगी दाताहरुबाट पुराना बस्तु तथा सामानहरु केही उपहार स्वरुप त केही खरिद समेत गरिएको उनले बताए । अध्यक्ष पालिखलेले २१ थरिका सामान उपहार दिएकाछन्।

द्धवादोष गुठी भिमसेन टोलले नेवा खल कास्कीलाई पौने तीन रोपनी जग्गा उपलब्ध गराएसंगै उक्त भवन १२ बर्ष अघि देखि निर्माण हुन थालेको थियो । नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, पूर्व सांसदहरु कुमार खड्का, शारदा पौडेल, चुडामणि जंगली, पोखराका घरना समुह लक्ष्मी हाउस, गोसेली हाउस, मिन बहादुर श्रेष्ठ, जित बहादुर दुवा, सत्यमान लाभाजु, बद्री माया दुवा, प्रदीप कुमार श्रेष्ठ, डा. जगदिशलाल श्रेष्ठ, ठेक्दार पूर्ण बहादुर श्रेष्ठ लगायतबाट उक्त भवन बनाउन सहयोग जुटेको नेवा खल कास्कीले जनाएको छ । उक्त भवनमा एक सभाहल, एक भोजभतेर वा खानपिन हुने गरी अण्डरग्राउण्मा ठुलो हल, तेश्रो तलामा संग्राहलय सहित ६ वटा कोठाहरु रहेको अध्यक्ष पालिखेले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button