साग लक्षित गरी पोखरामा बिच भलिवल कोर्ट सहितको प्रशिक्षण मैदान बनाउन सुरु

दीननाथ बराल, पोखरा न्यूज-२३, भदौ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित हुने गरी पोखरामा सोमबार देखि बिच भलिवल कोर्ट सहितको प्रशिक्षण मैदानको लागि निर्माण कार्य सुरु भएको छ । साग अन्र्तगत पोखरामा बिच भलिवल हुने भएसंगै पोखराको लेकसाइड किनारा बाराही घाटमा प्रशिक्षण सहितका ३ वटा बिच भलिवल कोर्ट निर्माण गर्ने कार्यको सुभारम्भ भएको गण्डकी प्रदेशका सांसद राजिव पहारीले बताए ।

उनले भने “साग नेपालमा हुनु नेपालको गौरवको बिषय हो त्यसमा पोखरामा बिच भलिवल सहितका केही खेल हुनु हाम्रो क्षेत्रको लागि अवसर हो, बिच भलिवल कोर्ट निर्माण कार्य सरसफाई, पुरानो बिच भलिवल कोर्ट मर्मत संहार समेत गरिएको छ । ” सांसद पहारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, पोखरा महानगरपालिका ६ का वडा सदस्य हरि कृष्ण पहारी लगायतको टोलीले सोमबार बिच भलिवल कोर्ट अवलोकन समेत गरेको थियो ।

राखेप सदस्य गुरुङले पोखरामा हुने बिच भलिवलको लागि प्रशिक्षण सहितको ४ वटा बिच भलिवल कोर्ट आवश्यक भएको बताए । उनले भने “ सागको मिति नजिकीदै गर्दा अब टेण्डर प्रकृयाबाट कुनै पनि साग खेलकुदको पूर्वाधार निर्माण गर्न कठिन हुने भएकोले फास ट्रयाकबाट काम गर्नुपर्ने अबस्था आएको जनाए ।

साग अन्र्तगत पोखरामा बिच भलिवल सहित प्याराग्लाइडिङ, ह्याण्डवल, आर्चरी, भारतोलन, ट्रयाथलन, व्याडमिन्टन र महिला फुटवल गरी ८ वटा खेल हुने भएको राखेप सदस्य गुरुङले जनाए । पोखरामा हुने केही खेलको भौतिक पूर्वाधार निर्माण कार्य तिव्र पारिएको छ भने प्याराग्लाइडिङ सहितको केही खेलको कुन ठाउँमा गर्ने अझै अन्यौल भएको छ । पोखरामा महिला क्रिकेट खेल समेत हुन सक्ने प्रवल सम्भावना रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button