पोखरा ११ को आयोजनामा युएईमा हिमाल रेमिट दशैँ कप फुटवल प्रतियोगिता हुने

पोखरा न्यूज -२४, भदौ। फुटवल क्लव पोखरा-११ को आयोजनामा युएईमा ‘हिमाल रेमिट दशैँ कप फुटवल प्रतियोगिता २०१९’  हुने भएको छ।

हिमाल रेमिटको मुख्य प्रायोजन तथा आइक्याडको सहकार्यमा नेपालीहरुको महान पर्व बडादशैँलाई लक्षित गर्दै युएईमा उक्त प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताका संयोजक राहुल श्रेष्ठले बताए ।

दुबई स्थित डुल्स्को, अल्कुजमा हुने उक्त प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने संयोजक श्रेष्ठले जानकारी दिए ।

चाडपर्वको समयमा गाउँघरको न्यास्रो मेट्दै खेलकुदको माध्यमबाट युएईमा रहेका नेपालीहरुको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उधेश्यका साथ् प्रतियोगिता संचालन गर्न लागिएको संयोजक श्रेष्ठले  प्रष्ट पारे  ।

प्रतियोगितमा प्रथम हुने टोलीले ४ हजार १ सय ११ दिराम, खसी तथा ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले २ हजार ५ सय दिराम, खसी तथा ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट गोलकिपर, खेलाडी, सर्वाधिक गोलकर्ता, म्यान अफ दि म्याच, र उत्कृष्ट डिफेन्सले ५० दिरामका साथ मायाको चिनो अवार्ड प्राप्त गर्नेछन् । फेयर प्ले लाई  २ सय दिरामका साथ टोकन अफ लभ र अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता २७ सेप्टेम्वर शुक्रबारबाट संचालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button